सुत्केरीको मृत्युको विषयलाई लिएर कोशी अस्पताल तनावग्रस्त

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

विराटनगर । सुत्केरीको मृत्युको विषयलाई लिएर तनावग्रस्त बनेको कोशी कोसी अस्पताल प्रशासन र मृतकको आफन्तबीच सहमति गर्ने समझदारीपश्चात शान्त बनेको छ । बिहीबार राति अस्पताल तनावग्रस्त बनेपछि शुक्रबार दुवै पक्षबीच सहमति गर्नेगरी वातावरण शान्त बनाइएको छ ।

विराटनगरस्थित कोशी अस्पतालमा आठ दिनकी सुत्केरीको मृत्यु भएपछि बिहीबार रातभर मृतकका आफन्तले अस्पताल परिसर परिसर घेराउ गर्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरे ।

ADVERTISEMENT

आईसीयूमा उपचाररत मोरङकै रंगेली नगरपालिका-३ की १८ वर्षीया सुलेखा मण्डल कामतको बिहीबारै राति मृत्यु भएको थियो । गत २४ साउनमा रंगेली अस्पतालमा शिशुलाई जन्म दिएकी कामतको श्वासप्रश्वासमा समस्या भएपछि २८ साउनमा  कोशी अस्पतालमा ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?