काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको सातौँ वार्षिक साधारणसभा शनिबार तनहुँको बन्दीपुर गाउँपालिका ५ याम्पाफाँटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नारायणप्रसाद जोशीले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गरेको छ । विशेष प्रस्तावतर्फ सबैको लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्था एकआपसमा गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि दुवै वित्तीय संस्थाको चलअचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थासमेतका आधारमा संयुक्त मर्जर समितिको सिफारिसका आधारमा संस्थाको सञ्चालक समितिले स्वीकृत गरेबमोजिम १ः१ (साधना लघुवित्तको एक कित्ता सेयर बराबर सबैको लघुवित्तको एक कित्ता सेयर) हुने गरी सेयर अनुपात कायम गरी साधना लघुवित्तसँग मर्जर गर्न स्वीकृति प्रदान गर्ने, दुवै संस्था मर्जर प्रयोजनका लागि तथा अन्तिम सम्झौतालगायत मर्जरसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।
संस्थाको अधिकृत पुँजी मर्जरपछि ४० करोडबाट वृद्धि गरी ९० करोड र जारी तथा चुक्ता पुँजी ३१ करोड ८६ लाखबाट ७० करोड आठ लाख ५८ हजार तीन सय ४५ पुर्याउने, मर्जरपछि नेपाल राष्ट्र बैंकको स्वीकृति लिई वित्तीय संस्थाको रजिष्टर्ड चितवनमा स्थानान्तरण प्रक्रियालगायतको अधिकार पनि सञ्चालक समितिलाई प्रदान गरिएको छ । साधारणसभामा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेल, नायब महाप्रबन्धक पवनकुमार श्रेष्ठ, सञ्चालक प्रदिप सिग्देल (शर्मा) ले संस्थाका भावी योजनाबारे जानकारी गराएका थिए ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts