‘कमेडी क्लब विथ च्याम्पियन्स २.०’ सञ्चालनमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । ‘कमेडी क्लब विथ च्याम्पियन्स २.०’ नामबाट शो सञ्चालनमा आएको छ । यमन श्रेष्ठको सञ्चालन रहेको ‘शो’ को पहिलो भाग अभिनेता राजेश हमाल अतिथीको रूपमा सहभागी हुनुभएको थियो । मंगलबार ओएसआर डिजिटलको युट्युबमार्फत सार्वजनिक भएको शोमा अध्यक्ष भने हाँस्यकलाकार राजाराम पौडेल बन्नुभएको छ ।

‘कमेडी क्लब विथ च्याम्पियन्स’ असारको अन्तिम साताबाट बन्द भएको थियो । दर्शकमाझ लोकप्रिय यो शो बन्द हुने बितिक्कै यसैको नाममा केही कलाकार थपिएर ‘कमेडी क्लब विथ च्याम्पियन्स २.०’ सञ्चालनमा ल्याएको हो ।

ADVERTISEMENT

शोमा रोशन सुवेदी, अजय रेग्मी, दोरेश खतिवडा, सुचित्रा उप्रेती, अर्पण तामाङलगायत कलाकारको हुनुहुन्छ । संगीत सापकोटाको लेखन रहेको शोका निर्देशक ज्ञानेन्द्रराज मिश्र हुनुहुन्छ । कि इन्टरटेन्मेन्टले अधिकांश नयाँ कलाकार लिएर यो शो सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *