स्वर्ण महोत्सवमा सर्जकहरूलाई सम्मान अर्पण

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव सम्पन्न भएको छ । सोमबार काठमाडौंमा एक विशेष समारोहबीच १३ विशिष्ट साधकहरूको अभिनन्दन र साहित्यका विभिन्न विधामा योगदान गर्ने स्रष्टाहरूलाई सम्मान अर्पण गर्दै स्वर्ण महोत्सव सम्पन्न भएको हो ।

सोमबार सम्पन्न संघको समापन समारोहमा सापस स्वर्ण महोत्सव सम्मानबाट मोहन सिटौला (अमेरिका), घनश्याम राजकर्णिकार, के.के.कर्माचार्य, गणेश रसिक, नरबहादुर दाहाल (भारत), प्राडा.सुरेन्द्र केसी, द्वारिका श्रेष्ठ, रमा शर्मा, माया ठकुरी, हीरण्यकुमारी पाठक, प्रदीप बमजन, एस.पी.कोइराला र डा.डीआर उपाध्याय अभिनन्दित हुनुभएको थियो ।

समारोहमा सापस स्वर्ण महोत्सव सम्मानबाट संघका पूर्वअध्यक्षहरू नगेन्द्र्रराज शर्मा, अच्युतरमण अधिकारी, विश्वविमोहन श्रेष्ठ, हेमन्त श्रेष्ठ र नरेन्द्रबहादुर श्रेष्ठ अभिनन्दित हुनुभएको थियो । पूर्वअध्यक्ष नगेन्द्रराज शर्मालाई नगद दश हजारसहित ‘साहित्यिक पत्रकारिता पुरस्कार’ २०६३ पनि प्रदान गरिएको थियो । यस्तै, ‘सापस स्वर्ण महोत्सव समालोचना विशिष्ट सम्मान’बाट वरिष्ठ समालोचक प्रमोद प्रधान र समालोचक गीता त्रिपाठी, ‘सापस स्वर्ण महोत्सव समीक्षा सम्मान’बाट वरिष्ठ समीक्षक ज्ञानु अधिकारी र समीक्षक छविरमण सिलवाल सम्मानित हुनुभएको थियो ।

यसैगरी ‘व्यथित काव्य सम्मान’ बाट कविहरू उदय निरौला (२०७४), श्रवण मुकारुङ (२०७५), रमेश श्रेष्ठ (२०७६), कृसु क्षेत्री (२०७७), मोमिला जोशी (२०७८) र गीता कार्की (२०७९) सम्मानित हुनुभएको छ ।

त्यस्तै ‘व्यथित काव्य डायसपोरा सम्मान’ हेमन्त श्रेष्ठ (अमेरिका), गोवर्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अष्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत) र शकुन ज्ञवाली (अमेरिका) सम्मानित हुनुभएको छ ।

ADVERTISEMENT

संघले आफ्नो स्वर्ण महोत्सवमा अवसरमा विभिन्न साहित्यिक पत्रकारहरूलाई प्रशंसा-पत्र प्रदान गरेको छ । सम्मानबाट किशोर पहाडी, कृष्ण भुसाल, सुमन बैरागी पण्डित, श्रीराम राई, श्री प्रेमिला गौचन, अमेरिका, विश्वराज थापा, अमेरिका, ठाकुर बेलबासे, उमेश पाण्डे, भूपराज खड्का, राजेश खनाल, राजन कार्की, रत्नप्रसाद अनामी, निबन्ध आचार्य, सरस्वती गौतम, नरनाथ लुइँटेल, सागर श्रेष्ठ, रमेश दाहाल, बलराम थापा र रुद्र अधिकारी सम्मानित हुनुभएको छ ।

२०२९ सालमा स्थापित साहित्यिक पत्रकार संघले विगत एक वर्षदेखि स्वर्ण महोत्सवको अवसर पारेर विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको थियो । कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले संघको योगदानको चर्चा गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो । संघका अध्यक्ष राधेश्याम लेकालीले संघको पचास बर्षको योगदानका बारे बोल्दै साहित्यिक पत्रकारिताको उन्न्यन विकासका लागि सरकारले छुट्टै निकायको व्यवस्था गर्नुपर्ने र नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणका लागि विभिन्न दूतावासहरूमा सांस्कृतिक सहचारीको व्यवस्था गर्नुपने धारणा राख्नुभयो ।

समारोहका प्रमुख अतिथि वरिष्ठ चलचित्र निर्देशक एवं साहित्यकार यादव खरेलले विभिन्न क्षेत्रका साधकहरूलाई अभिनन्दन र सम्मान गरेर साहित्यिक पत्रकार संघले महत्वपूर्ण कार्य गरेको बताउनुभयो । अभिनन्दित व्यक्तित्व प्राडा.सुरेन्द्र केसीले बहुदलीय व्यवस्था भनेको हाम्रोलाई नभई राम्रोलाई ठाउँ दिने व्यवस्था भए पनि हामीकहाँ भने ठीक उल्टो प्रवृत्ति देखिएकोमा असन्तुष्टि व्यक्त गर्दै यस्तो प्रवृत्तिको विरुद्ध सबै जाग्नुपर्ने अवस्था आएको धारणा राख्नुभयो ।

श्रीबाबु कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमोद प्रधान, रमेश श्रेष्ठ, प्रदीप बमजन, संघका पूर्वअध्यक्ष विश्वविमोहन श्रेष्ठ, नगेन्द्ररज शर्मा, रमा शर्मालगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो । कार्यक्रममा तीन दर्जन साहित्यकारलाई संघको स्वर्ण महोत्सव मायाको चिनो प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?