एसिया कपका लागि नेपाली टोली घोषणा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एसिया कप क्रिकेटका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । तीन सातापछि पाकिस्तान र श्रीलंकामा हुने एसिसी एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि १७ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । रोहित पौडेलको कप्तानीमा घोषित नेपाली टोलीमा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र मौसम ढकाल हुनुहुन्छ ।

नेपालले युवा खेलाडीहरू श्याम ढकाल, सन्दीप जोरा र किशोर महतोलाई टोलीमा मौका पाउँदा देव खनालले भने स्थान बनाउन सक्नुभएन । एसिया कप अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ‘ए’मा रहेको नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ । यस्तै समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

ADVERTISEMENT

नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको कान्डीमा भारतसँग खेल्नेछ । नेपाल शीर्ष दुईमा पर्न सके सुपर फोरमा पुग्नेछ । नेपालले पहिलोपटक एसिया कप खेल्दैछ । एसिया कपको तयारीका लागि नेपाल एक साताअघि नै पाकिस्तान जाने क्यानले जनाएको छ । नेपालले पाकिस्तानमा प्रशिक्षण गर्नुका साथै स्थानीय टोलीसँग अभ्यास खेल पनि खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?