दिलिप योञ्जनको ‘आमा मेरी आमा’ लोकार्पण

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । कवि तथा गीतकार दिलिप योञ्जन तामाङको एकल रचनामा रहेको गीति एल्बम ‘आमा मेरी आमा’को लोकार्पण गरिएको छ । गीतकार संघको आयोजनामा संघकै सभा हलमा एक विशेष कार्यक्रमबीच एल्बम ‘आमा मेरी आमा’को लोकार्पण गरिएको हो ।

संघका अध्यक्ष वसन्त बित्यासी थापाको सभापतित्व एवं संघका संस्थापक अध्यक्ष विशिष्ट गीतकार डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा सम्पन्न लोकार्पण कार्यक्रमा सभा अध्यक्ष, प्रमुख अतिथि, संघका निवर्तमान अध्यक्ष शुभ मुकारुङ, विशिष्ट गीतकार विश्वबल्लभ, डा.रेणु सोलु, गीतकार योञ्जन र सम्पूर्ण आमन्त्रितहरूबाट सामूहिक रूपमा सो गीति एल्बमको लोकार्पण गरिएको थियो ।

केही समयअघि मातृ वियोगमा पर्नुभएका गीतकार योञ्जनले आमाको सम्झनामा सो एल्बम प्रकाशन गर्नुभएको जनाइएको थियो ।
समारोहमा गीतकार शितल कादम्बिनीले स्वागत मन्त्वय राख्नुभएको थियो भने डा.रेणु सोलुले एल्बमको समीक्षा गर्नुभएको थियो ।

कार्यक्रममा वक्ताहरूले गीत, कविता, मुक्तकलगायत साहित्यका विविध विधामा निरन्तर कलम चलाउँदै आउनुभएका समाजसेवी गीतकार योञ्जनको गीति एल्बमको बारेमा चर्चा गर्दै उहाँको सामाजिक कार्यको प्रशंसा गरेका थिए ।

ADVERTISEMENT

लामो समयदेखि अमेरिका बस्दै आएका गीतकार योञ्जनले नेपालमा घट्ने गरेका प्राकृतिक विपत्तिको समयमा आर्थिक सहयोगसमेत गर्दै आउनुभएको छ । उहाँले नर्सिङ छात्रवृत्तिलगायत स्कुल र कलेजका गरी करिब पाँच दर्जन विद्यार्थीलाई व्यक्तिगत रूपमै पूर्ण छात्रवृत्ति प्रदान गर्दै आउनुभएको छ ।

गीति एल्बम शीर्ष गीत ‘आमा मेरी आमा’सँगै ‘खाली हात आयौं हामी’, ‘उठ्नु पर्छ जुट्नु पर्छ’, ‘डम्फु र टुङ्ना बजाउँदै’ र ‘युगौं युग सँगसँगै बाँचौंला’ जस्ता पाँच गीत समावेस गरिएको छ । यस्तै, दुईवटा गीत मेल/फिमेल भर्सनमा भएकाले गीत प्रस्तुति संख्या सात छ । विविध भावका गीत संग्रहित एल्बमका तीनवटा गीतमा राजेश थापाको र दुई वटामा डी.बी.लामाको संगीत छ ।

यस्तै, सुरेश लामा, प्रवीण बेडवाल, श्रेयशी चेम्जोङ राई, शुभ तामाङ, सुमना लो र अञ्जु लामाले स्वर दिनुभएको छ । एल्बममा राजु कार्की, प्रबान वाङ लामा र जोएलाल लामाको संगीत संयोजन छ । एल्बमको बजार व्यवस्थापन भकारी म्युजिक डेभलपमेन्ट कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *