दिल्लीसँग आर्मीको बराबरी

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले भारतमा जारी डुरान्ड कप फुटबलमा दिल्ली फुटबल क्लबविरुद्ध बराबरी खेलेको छ । आसामको कोक्राझारस्थित साई मैदानमा खेलको अन्तिम मिनेटमा गोल खाँदा आर्मीले दिल्लीसँग एक-एकको बराबरी खेलेको हो ।

आर्मीले पहिलो हाफमा दिनेश हेन्जनको गोलबाट खेलमा अग्रता लिएको थियो । त्यसपछि पनि खेलमा पकड राखेको आर्मीले खेलको ८८औँ मिनेटमा बराबरी गोल बेहोर्‍यो । खेलको ३९औँ मिनेटमा दिल्लीका गोलरक्षकको हातबाट नवयुग श्रेष्ठले गरेको प्रहार फुस्किएपछि कमल थापाको खुट्टामा बल परेको थियो । उहाँले लगत्तै दिएको पासमा दिनेशले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो । तर, ८८औँ मिनेटमा क्रसबारमा लागेर फर्केको बललाई रिबाउन्डमा गिरीक घोश्लाले हेडरमार्फत् बराबरी गोल फर्काउनुभयो ।

ADVERTISEMENT

दिल्लीको यो लगातार दोस्रो बराबरी हो । यसअघि पहिलो खेलमा आइएसएल टोली हैदरावाद र दिल्लीको खेल एक-एककै बराबरीमा सकिएको थियो । आर्मीले अब दोस्रो खेलमा सोमबार चेन्नईसँग खेल्नेछ । अन्तिम खेल २२ अगस्टमा आइएसएल टोली हैदरावादसँग हुनेछ । हरेक समूहबाट समूह विजेताले नकआउट चरणमा स्थान बनाउनेछन् । ६ समूहमध्येबाट उत्कृष्ट दुई दोस्रो हुने टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *