बागलुङ क्रिकेट संघको अध्यक्षमा आचार्य

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

बागलुङ । बागलुङ जिल्ला क्रिकेट संघको अध्यक्षमा विष्णुप्रसाद आचार्य निर्वाचित हुनुभएको छ । बागलुङ जिल्ला क्रिकेट संघको बुधबार भएको पहिलो साधारणसभा तथा अधिवेशनले आचार्यको अध्यक्षतामा सर्वसम्मत रूपमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा कमल पन्त, सचिवमा फणिन्द्रबहादुर खड्का र कोषाध्यक्षमा सन्तोष शर्मा चयन हुनुभएको छ ।

यस्तै, सदस्यहरूमा डिलबहादुर केसी, दिपेन्द्र खड्का, अर्जुन कार्की, अभिषेक कट्वाल क्षेत्री, गणेश महतो, प्रदिप खत्री र खिमबहादुर थापा चयन हुनुभएको छ ।

ADVERTISEMENT

साधारणसभाको उद्घाटन गण्डकी क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजुले गर्नुभएको थियो । यस्तै, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल र एजिल स्पोर्ट्स एकेडेमीका सञ्चालक तथा जिल्ला क्रिकेट संघ बागलुङका सदस्य खिम छन्त्यालले शुभकामना मन्तव्य दिनुभएको थियो ।

बागलुङमा २०७४ सालमा जिल्ला क्रिकेट विकास समिति गठन गरिएको थियो । उक्त समितिलाई तदर्थ समितिका रूपमा नेपाल क्रिकेट संघ (क्यान)ले २०७९ माघमा सदस्यताको मान्यता प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?