यौन दुव्र्यवहार भएको भन्दै मिस युनिभर्स इण्डोनेसियाका प्रतियोगीद्वारा उजुरी

Read Time = 2 mins

जकार्ता । मिस युनिभर्स इण्डोनेसियाका कयौं प्रतियोगीहरूले आयोजकमाथि यौन दुव्र्यवहारको आरोप लगाउँदै प्रहरीमा उजुरी दर्ता गराएका छन् । उनीहरूका वकिलका अनुसार प्रतियोगीलाई अगस्त ३ को फाइनलको दुई दिनअघि ‘शरीर जाँच’ र तस्वीरका लागि भन्दै सर्ट खोल्न लगाइएको थियो ।

उजुरी गर्ने तीनजना प्रतियोगीहरूको पक्षमा वकालत गरिरहनुभएका अधिवक्ता मेलिसा एंगग्रेनीले अरू धेरैजना यसबारे अगाडि आउने बताएको बिबीसीले जनाएको छ । जाकार्ता प्रहरीले विज्ञप्ति जारी गर्दै यस विषयमा थप अनुसन्धान गर्ने जनाएको छ । ग्लोबल मिस युनिभर्स अर्गनाइजेसनले पनि यो विषयलाई हेरिरहेको र यौन अनुचितको आरोपलाई गम्भीरतापूर्वक लिने बताएको छ ।

ADVERTISEMENT

सौन्दर्य प्रतियोगितामा शरीरको जाँच सामान्य भए पनि प्रतियोगीलाई नग्न हुन नभनिने पूर्वमिस इण्डोनेसिया मारिया हरफन्तीले बताउनुभएको छ । आयोजकहरूले प्रायः प्रतियोगीको बडी मास इन्डेक्स उनीहरूको शरीरको अनुपात जाँच गर्न सोध्ने भए पनि नग्न हुन आग्रह नगर्ने उहाँको भनाइ छ ।

मिस युनिभर्स इण्डोनेसिया अर्गनाइजेसनले आरोपहरूबारे अनुसन्धान गरिने बताएको छ भने ग्लोबल मिस युनिभर्स अर्गनाइजेनले पनि यस विषयमा ध्यानाकर्षण भएको बताउँदै यौन दुव्र्यवहारको मामिलालाई गम्भीरतापूर्वक लिने बताएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?