केन्पो खुकुरी मार्सल आर्ट्स का खेलाडीको ग्रेडिङ आर्ट्स

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

भक्तपुर । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघले देशभर केन्पो खुकुरी मार्सल आर्ट्सका खेलाडीको ग्रेडिङ सम्पन्न गरेको छ । मंगलबार भक्तपुरमा आयोजित कार्यक्रममा संघले खेलाडीलाई विभिन्न तहको ग्रेडिङ प्रमाणपत्र वितरण गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष एवं एसिया प्रमुख डा. पूर्णप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा आइके एफका बोर्ड सदस्य इसान नाजिफीले खुकुरी मार्सल अमेरिका, चीन, जापानलगायतको जस्तो नभई नेपाली खुकुरीजस्तै शानको बनाउन लागिपर्नुपर्ने बताउनुभयो ।

ADVERTISEMENT

संघका अध्यक्ष पाण्डेले केन्पो खुकुरी मार्सल आर्ट्स खेललाई सबै पालिकामा पुर्‍याउने र कम्तीमा एक पालिका सय खेलाडी बनाई १५२ देशमै खेल चिनाउन लागिपर्ने बताउनुभयो ।

सो अवसरमा नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघका सल्लाहकार डा. चुडादेव लामा, वरिष्ठ उपाध्यक्ष कुमार कार्की, उपाध्यक्ष निरोज पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?