लम्पी स्किन नियन्त्रण गर्न बुकीमै पुगेर उपचार

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । यति बेला बागलुङको ढोरपाटनका पशुपालक किसान बुकी क्षेत्रमा छन् । बर्खा याम पशुचौपायाका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा सयौँ किसान हजारौँ भेडाबाख्रा र गाईभैँसी लिएर बुकी पुगेका हुन् । ४५०० मिटरको उचाइमा पर्ने बुकी क्षेत्र यति बेला हरियाली घाँस र पशुचौपायले ढाकिएको छ । हरेक वर्ष जेठ पहिलो सातादेखिनै निकै उत्साहका साथ बुकी जाने किसान यस वर्ष त्यत्ति उत्साहित छैनन् । किसानले पालेका गाई, भैँसी र गोरुमा लम्पी स्किन संक्रमण भएपछि उनीहरु निराश छन् ।

संक्रमणबाट धेरै पशुचौपाया मरे भने सयौँको संख्यामा संक्रमित छन् । पशुको शरीर भरी घाउ हुने र जटिल बन्दै गएपछि पशु मर्ने गरेका छन् । पशुमा संक्रमण बढ्दै गएपछि ढोरपाटन नगरपालिकाले बुकीमै पुगेर पशुको उपचार गरेको छ । बेसीमा संक्रमित भएका पशुचौपायालाई गोठमै प्राबिधिक खटाएर संक्रमण नियन्त्रण गरि रहेको छ । ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवालीसहित पशु प्राबिधिकको टोली बुकीमै पुगेर औषधी वितरण तथ खोप लगाएर फर्किएको छ ।

प्राबिधिकसहितको टोली बुकीमा पुगेर बिरामी पशुको उपचार गरेपछि किसानसमेत खुसी भएका छन् । बुकी ढोरपाटनभन्दा धेरै टाढा पर्छ । यो याममा सबैभन्दा बढी चौपाया बुकीमा हुने र बढी संक्रमित पनि त्यही भएको हुँदा प्राबिधिकको टोली बुकीमा पुगेर पशुचौयापाको उपचार गरि फर्किएको हो । आवश्यक औषधी, खोप र स्प्रे लिएर बुधबार बुकी बुकेको प्राबिधिक टोली शुक्रबार साँझ मात्रै फर्किएको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताउनुभयो ।

बुकीबाट पशु संक्रमण भई मर्न थालेको खबर पाएपछि आफ्नो नेतृत्वमा प्राबिधिक टोली बुकी गएको उहाँले बताउनुभयो । बुकीमा पुगेर एक हजार बढी पशुचौपायालाई खोप लगाउनुका साथै उपचार गरिएको ज्ञवालीको भनाइ छ । यसले कृषकलाई ठूलो राहत पुगेको उहाँ बताउनुहुन्छ । बुकी निकै टाढा भए पनि आफूहरु दिनभरी हिँडेर गोठमा पुगेको ज्ञवालीले सुनाउनुभयो ।

“लम्पी स्किन निकै खतरनाक रोग रहेछ, धेरै ठाउँमा फैलिएको यो रोग ढोरपाटनको बुकीसम्म पुग्यो, बुकी धेरै टाढा रहेछ, ४५०० मिटरको उचाइको बुकीमा पुगेर ३००० मिटरमा ओर्लिएपछि गोठहरु भेटिए, पशुचौयापा खुल्ला ठाउँमा थिए, धेरैमा संक्रमण देखियो” प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भन्नुभयो - “हामीले आवश्यक औषधी, खोप र स्प्रे लगेका थियौँ, प्राबिधिकले खोप लगाउनुभयो, उपचार गर्नुभयो, केही औषधी किसानलाई नै छोडेर आएका छौँ, संक्रमण बढ्दै गए नगरपालिकालाई सम्पर्क गर्न भनेका छौँ ।”

ADVERTISEMENT

आफूहरु बुकीमा दुई दिन बसेर पशुको उपचार गरेको उहाँले बताउनुभयो । गोठमा बस्दै आएका किसानले पशुको उपचारसँगै त्रिपाल, सोलार लगायतका आवश्यक सामग्रीको माग गरेको भन्दै त्यसलाई पनि नगरपालिकाले व्यवस्थापन गर्दै जाने ज्ञवालीले बताउनुभयो । अहिले नगरपालिकाले एक जना प्रबिधिकलाई बुकीमै खटाएको उहाँको भनाइ छ ।

हालसम्म ढोरपाटन नगरपालिका भर १७ सय बढी पशुचौपाया संक्रमित भएको नगरपालिकाका रोजगार संयोजक हिरालाल खनालले जानकारी दिनुभयो । संक्रमित मध्ये एक सय सात बढी चौपाया मरेको खनालको भनाइ छ । संक्रमणपछि मृत्यु हुनेमा अधिकांश गोरु रहेको भन्दै केही गाई, केही भैंसी र बाच्छाबाच्छी रहेको उहाँले बताउनुभयो । नगरपालिकाले गाउँमा भएका पशुचौपाको पनि प्राबिधिक खटाएर संक्रमण नियन्त्रण गरि रहेको उहाँको भनाइ छ ।

“बुकीमा भएका धेरै पशुमा पनि समस्या देखियो, भौगोलिक रुपले टाढा र अफ्ठ्याराे स्थानमा हुँदा किसानले समयमै खबर गर्न सक्नु भएन, यद्यपी केही ढिला भए पनि त्यहाँ पुगेर संक्रमण नियन्त्रण गर्ने प्रयास भएको छ, अहिलेसम्म संक्रमित भएको मध्ये मृत्यु हुनेको संख्या कम छ” उहाँले भन्नुभयो - “संक्रमणलाई पूरै नियन्त्रण गर्न गाउँमा भएका पशुचौपायको पनि उपचार भइरहेको छ, जहाँ संक्रमण फैलिएको छ, त्यहाँ नगरपालिकाबाट प्राबिधिक गएर उपचार गर्ने खोप लगाउने काम गर्नु भएको छ ।”

उहाँले बुकीमा भएका किसान लगायत संक्रमण फैलिएको नगरपालिकाको जुनसुकै ठाउँबाट पालिकामा खबर गर्न सूचना गरेको बताउनुभयो । संक्रमण दर बढी भए पनि मृत्यु दर कम रहेको उहाँको भनाइ छ । ढोरपाटन नगरपालिकालाई शून्य संक्रमण गराउनका लागि प्राबिधिक खटाउने, आवश्यक औषधी, खोपको व्यवस्थापन गर्ने काम भइरहेको खनालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?