काठमाडौं । कथाकृति ‘बस्तीमा कुहिरो’को विमोचन गरिएको छ । काठमाडौंमा एक विशेष कार्यक्रमबीच कथाकार रामचन्द्र नेपालद्वारा लिखित कथाकृथि ‘बस्तीमा कुहिरो’ प्रमुख अतिथि प्रसिद्ध हास्य अभिनेता एवं विशिष्ठ कलाकार, गायक मदनकृष्ण श्रेष्ठलगायतले विमोचन गर्नुभएको हो ।
समीक्षक महेश पौड्यालले जिन्दगीका यथार्थहरू कथाकृतिमा पाठकले पाउने जिकिर गर्नुभयो । उहाँले कृतिमा पूर्वदेखि पश्चिमसम्मका परिवेशका कथा रहेको भए पनि विशेषगरी सुदूरपश्चिमको समाज, त्यस भेगको सीमा क्षेत्रका कथाहरू भेटिने बताउनुभयो ।
यस्तै, समीक्षक डा.समीक्षा अर्यालले कथाकृतिभित्र रहेका १८ वटा कथाहरूले सिंगो नेपालको समाजलाई बोकेको बताउनुभयो । ओरिएन्टल पब्लिकेसनद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, हरि गौतम, प्रतीक ढकाल, डा.शैलेन्दुप्रकाश नेपाल, मनोज गजुरेल, रामचन्द्र नेपाल, देव नेपाल, अनिलकुमार उपाध्यायलगायतले स्रष्टा रामचन्द्र नेपाललाई बधाई तथा शुभकाना दिँदै आ–आफ्ना भनाइ राख्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts