‘मनसुन फेशन प्यारेड’ हुँदै

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंमा ‘मनसुन फेशन प्यारेड’ आयोजना हुने भएको छ । इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्ट प्रालिले यही शनिबार कुलेश्वोर स्थित भिजननोभामा ‘मनसुन फ्यासन प्यारेड’ गर्न लागेको हो ।

नेपालको स्थापित फेशन इन्स्टिच्युट सिआइएफटी प्रशंसित फेसन डिजाइनरबाट मनमोहक डिजाइन र स्टाइलिश संग्रह नेपालका शीर्ष मोडेलहरूले फेसन शोमा प्रदर्शन गर्ने आयोजकले जनाएको छ ।

ADVERTISEMENT

कार्यक्रममा गायक कमल खत्री, विनोद ढकालको विशेष प्रस्तुति रहने बताइएको छ । त्यसैगरी कलाकार नरेश सिंह, वैबा उर्गेनको पनि प्रस्तुति रहनेछ भने डि.जे रे र डि.जे पपाजद्वारा डि.जे सेसन रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *