कैलाली । कैलालीकी मञ्जु रावल हत्या प्रकरणमा संलग्न ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर-४ भल्का बस्ने ४० वर्षीया गोमा रावल, बर्षा रावल, २४ वर्षीय भरत रावल, अछामको पञ्चदेवल विनायक नगरपालिका-६ तोलि बस्ने ३७ वर्षीया सरिता रावललाई प्रहरीले पक्राउ गरेको छ ।
मृतक मञ्जुका छोरा बिवेक रावलले जेठ १ गते आमाको खोजतलासिका लागि ईलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए । मृतक मञ्जु रावल र गोमा रावल बिच अंशको बिषयलाई लिएर बिबाद भईरहेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ । जग्गाको बिषयलाई लिएर मञ्जु रावलको हत्या गर्ने योजना बनाईएको उनीहरुले प्रहरीलाई बयान दिएका छन् ।
प्रतिबादी सरिता रावलको वयान र उनले देखाएको स्थान कैलालीको मोहन्याल गाउँपालिका-५ स्थित बाँसघारी सामुदायिक वनको सेतीखोर खोलाबाट अन्दाजी २०० मिटर पश्चिमतर्फ खोल्सामा ढुङ्गा मुनी च्यापेर राखेको अवस्थामा मञ्जुको शव आइतवार फेला परेको थियो ।
लम्की चुहा नगरपालिका-४ भल्काकी ३३ वर्षीया मन्जु रावल जेठ २५ गते वकिललाई भेट्न मसुरीया जान्छु भनि घरबाट गएको र सोही दिनको साँझदेखि बेपत्ता थिइन् । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान र कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता