विषालु च्याउ खाएर बिरामी परेकी महिलाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

दाङ । रोल्पामा विषालु च्याउ खाँदा एक जनाको निधन भएको छ।

लुङ्ग्री गाउँपालिका-५ बुझिङकी २६ वर्षीया बिमला बिकको निधन भएको प्रहरीले जनाएको छ। विषालु च्याउ खाएर बिरामी भएकी उनको बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा उपचार भइरहेकोमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाको भनाइ छ।

ADVERTISEMENT

गत असार २६ गते बिषालु च्याउ खादा बिमलासँगै उनको परिवारका चार जना बिरामी परेका थिए। बिमलाको अवस्था जटिल बनेपछि थप उपचारको लागि ३१ असारमा लुम्बिनी सिटी हस्पिटल पुर्‍याइएको थियो। उनको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *