आदिवासीको सुनको सिक्का लुट्ने पाँच प्रहरी निलम्बनमा

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्वीर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

मुम्बई । मध्यप्रदेशको अलिराजपुर जिल्लामा एक आदिवासी परिवारबाट प्रहरीले २४० सुनको सिक्का लुटेको छ ।

यी सिक्काको मूल्य डेढ करोडभन्दा बढी रहेको अनुमान गरिएको छ ।

सो लुटपाटपछि उनीहरु प्रहरी चौकी फर्केर अवैध रूपमा मदिरा बिक्री गर्नेलाई पक्रन गएको तर कोही पनि नभेटिएको प्रतिबेदन बनाएका थिए । यस घटनाको खुलासा भए पछि हाल फरार रहेका पाँच प्रहरीलाई निलम्बन गरिएको छ ।

ADVERTISEMENT

समाचार अनुसार उत्खननका क्रममा आदिवासीहरूले सुनका सिक्का फेला पारेका थिए। जसलाई पछि आफ्नो घरको जमिनमा लुकाएर राखेका थिए । प्रहरीले यसबारेमा आफनो गुप्तचारवाट जानकारी लिएको थियो ।

गुप्तचरवाट जानकारी प्राप्त भए लगत्तै प्रहरी गत जुलाई १९ गते त्यहाँ पुगेर आदिबासीको घरबाट सबै सिक्का लिएर फरार भएका थिए जबकि नियमअनुसार ती सिक्का सरकारी कोषमा जम्मा गर्नुपर्ने थियो । तर, प्रहरीले सरकारी कोषमा जम्मा गरेनन् ।

सरकारी कोषमा जम्मा नगरेको तथा आदिबासी समुहलाई क्षतिपुर्तिसमेत नदिएको समाचार बाहिरिए पछि ती पाँच अभियुक्तलाई निलम्बन गरी अनुसन्धान सुरु गरिएको भारतीय मिडियाले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?