काठमाडौं । चलचित्र 'लुङा’ काे ट्रेलर सार्वजनिक गरिएको छ । साउन ५ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रको सार्वजनिक दुई मिनेट लामो ट्रेलरमा माया प्रेमसँगै, सामाजिक कथालाई स्थान दिइएको छ ।
किरण राईको निर्देशनमा बनेको चलचित्रमा निर्माता सञ्जीव राई, प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई, टि आर साम्सोहाङ सहनिर्माता रहनुभएको छ । पूर्वमा छायांकन गरिएको चलचित्रमा बुद्धि तामाङ, भुवनसिंह राई, सारा लोहोरुङ राई, भीम सेरमा लिम्बू, प्रकाश दाहाल, अनुप लिखिंम, सुदीपजंग कार्की, गंगाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङको अभिनय छ ।
भूमिसा प्रोडक्सनसँग इष्टन मिडियाको सहकार्य रहेको चलचित्र ‘लुङा’मा बादल लिम्बू र अनिस श्रेष्ठको संगीत, राजेश पायल राई, मेलिना राई, रचना रिमाल, आयुश प्रधान, निमा तामाङको गायन, सागर अर्यालको ध्वनि संयोजन, मीना कार्कीको शृंगार, किरण राईको छायांकन तथा सम्पादन, पृष्ठभूमि संगीत शैलेन्द्र बाबु प्रधानको, निर्माण नियन्त्रक प्रयास घिमिरे, कलर अनिल राना, कला निर्देशन विमल लिम्बू र निशान लुइँटेलको छ । भुवनसिंह राईले लेखेको कथालाई भुवनसिंह राई, प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा सम्वाद छ । चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts