काठमाडौं । चीनको हान्झोउमा दुई महिनापछि सुरु हुने १९औं एसियाली खेलकुदका लागि नेपाली टोलीको घोषणा भएको छ । घोषणा भएको नेपाली टोलीमा तीव्र गतिका बलर अभिनाश बोहरा, विकेटकिपर विनोद भण्डारी र अलराउण्डर विवेक यादवले पुनरागमन गर्नुभएको छ ।
टी-२० फम्र्याटमा हुने खेलका लागि आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्कीले भने स्थान बनाउन सक्नुभएन । विकेटकिपर विनोद भण्डारीले २०२२ जुलाईमा भएको स्कटल्याण्ड भ्रमणपछि नेपाली टोलीमा पुनरागमन गर्नुभएको हो ।
यस्तै अभिनाश बोहरा २०२२ अप्रिलपछि र युवा अलराउण्डर विवेक यादव गत वर्ष अगष्टमा भएको केन्या भ्रमणपछि नेपाली टोलीमा फर्कनुभयो । नेपालको टोलीमा रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेककुमार यादव, प्रतिश जिसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर) रहनुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा