एन्फाको केन्द्रीय कार्यसमिति बैठक आहृवान

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अखिल नेपाल फुटबल संघले केन्द्रीय कार्यसमितिको बैठक आहृवान गरेको छ । महासचिव किरण राईले ११ वटा एजेण्डा प्रस्तुत गर्दै कार्यसमितिको बैठक आहृवान गर्नुभएको हो । बैठक साउन १९ गते शुक्रबार एन्फा कम्प्लेक्समा बिहान ११ बजे बस्नेछ ।

साफ यू-१९ च्याम्पियनसिपको आयोजनासँगै जिल्ला लिग, बी र सी डिभिजन लिग, महिला लिगलगायतका एजेण्डा तय भएका छन् ।

ADVERTISEMENT

कार्यसमिति बैठकमा कर्मचारीको सेवा सुविधा वृद्धि गर्ने, महिला फ्रेन्चाइज लिग सञ्चालनको अधिकार, फुटसल लिगको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल राइट्सको स्वीकृतिलगायत विषयमा पनि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *