पिएसजी र अल नासरको बराबरी

Read Time = 2 mins

रियाद । प्रि-सिजनको मैत्रीपूर्ण खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र साउदी क्लब अल नासर गोलरहित बराबरीमा रोकिएका छन् । अल नासरले रोनाल्डोलाई मैदानमा उतारे पनि पिएसजीबाट भने स्टार केलियन एम्बाप्पेले टोलीमा सहभागी हुनुभएको थिएन । एम्बाप्पे र पिएसजीबीच सम्झौता नवीकरणमा कुरा नमिलेपछि टोलीसँग उहाँ मैत्रीपूर्ण खेलको भ्रमणमा हुनुहुन्न । पिएसजीसँग साउदी क्लब अल हिलालले एमबाप्पेलाई अनुबन्ध गर्न तीन सय मिलियन युरोको प्रस्तावसमेत गरेको छ । तर, त्यसमा क्लबले कुनै जवाफ दिइसकेको छैन ।

पिएसजीले अर्का स्टार खेलाडी नेमारलाई पनि पूरा समय बेन्चमा राखेको थियो । अल नासरबाट रोनाल्डोले ६६ मिनेट मैदानमा बिताउनुभएको थियो । अल नासरले प्रि-सिजनको तेस्रो खेलमा बराबरीको नतिजा निकालेको हो । यसअघिका दुई खेलमा उसले हार बेहोरेको थियो । यसअघि अल नासरले सेल्टा भिगोसँग ५-० र बेन्फिकासँग ४-१ को हार बेहोरेको थियो । अब अल नासरले बिहीबार इन्टर मिलानसँग अर्को मैत्रीपूर्ण खेल खेल्दैछ ।

ADVERTISEMENT

यता, पिएसजीले भने प्रि-सिजनको अर्को खेल शुक्रबार जापानकै सेरेजो ओसाकासँग खेल्दैछ । त्यसपछि क्लबले मंगलबार इन्टर मिलान र बिहीबार जिओनबुकसँग खेलेर प्रि-सिजन अन्त्य गर्नेछ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *