काठमाडौं । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका-२ पाँचधारा घर भई सोही नगरपालिका-६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
महर्जनले ती बालिकालाई सोही नगरपालिका-४ सितापाईलास्थित पार्किङमा राखेको हाल नम्बर नखुलेको बसभित्र लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उता १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको घोराही उपमहानगपरलिका-१५ गोरक्ष टोल बस्ने २० वर्षीय श्रवण खनाललाई प्रहरीले पक्राउ गरेको छ ।
खनालले ती किशोरीलाई बिवाह गर्छु भन्दै विभिन्न प्रलोभन देखाई गत असार १० गते दिउँसो आफ्नै घरमा बोलाई जबरजस्ती करणी गरी शारीरिक तथा मानसिक यातनासमेत दिएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts