शोभा-अर्जुन संगीत कोषको छात्रवृत्ति प्रदान

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली लोक संगीतकी प्राध्यापक तथा गायिका स्वर्गीय शोभा तिवारी लोहनीको ७०औं जन्मजयन्तीको अवसरमा शोभा–अर्जुन संगीत कोषले छात्रवृत्ति प्रदान गर्ने भएको छ । यही साउन ११ गते प्रशिक्षार्थीहरू पार्वती वादी र कमला वादीलाई १० हजार रुपैयाँ प्रदान गरिने भएको हो ।

उक्त छात्रवृत्ति सुर्खेतमा प्रदान गरिने कोषले जनाएको छ । उहाँहरू वादी सरोकार मञ्चमा आश्रित हुनुहुन्छ । उहाँहरूलाई प्रशिक्षक ज्ञानबहादुर नेपालीद्वारा राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति सुर्खेतमा प्रशिक्षण दिइएको छ ।

ADVERTISEMENT

त्यसैगरी सोही दिन नेपाली लोक वाद्य बादनअन्तर्गत मादल वादन तथा लोक संगीतका वरिष्ठ लोक गायक खर्कबहादुर बुढामगरलाई १० हजारका दरले सम्मान गरिने भएको छ । उक्त कार्यक्रम सुर्खेत र ललितकला क्याम्पस संगीत विभाग कीर्तिपुरमा आयोजना गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?