काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित टोली मोन्टरिएल टाइगर्सले ग्लोबल टी-२० क्यानडामा मिसिसौगा प्यान्थर्सलाई ७ विकेटले पराजित गरेको छ । टाइगर्सको यो लगातार दोस्रो जित हो । यसअघि टाइगर्सले सन्दीप लामिछानेको टोलीलाई पराजित गरेको थियो ।
जितका लागि १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको टाइगर्सले १५.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । टाइगर्सका कप्तान क्रिस लिनले ४५ बलमा ९ चौका र १ छक्कासहित ६४, सकिब अल हसन २४ बलमा ५ चौका र २ छक्कासहित ३६ र शेर्फान रदरफोर्डले २७ रन बनाउनुभयो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको प्यान्थर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । उसका जेम्स निशमले ३५ बलमा ४ चौका र २ छक्कासहित ५४ रन बनाउनुभयो ।
तर, पहिलो खेलमा सर्रे जागुअर्सविरुद्ध २२ बलमा २ चौकासहित २८ रन बनाउनुभएका दीपेन्द्रलाई भने यस खेलमा बेन्चमा राखिएको थियो । उहाँको स्थानमा म्याथ्यु स्पोर्सलाई मौका दिइएको थियो ।
यस्तै, नेपाली क्रिकेट टोलीका अर्का खेलाडी सन्दीप लामिछाने सम्मिलित टोली सरे जागुअर्र्स र ब्राम्पटन वल्भ्सबीचको खेल भने वर्षाका कारण सम्भव भएन । खेलको ७.२ ओभरमा ब्राम्पटन ५०-३ को अवस्थामा हुँदा वर्षका कारण खेल रोकिएको थियो ।
त्यसबेला सन्दीप लामिछाने आफ्नो पहिलो ओभर लिएर आउनुभएको थियो । उहाँले सुरुवाती दुई बलमा तीन रन खर्चिनुभयो । त्यसपछि भने थप खेल हुन सकेन । सन्दीप सम्मिलित सर्रेले अब मंगलबार त्रिनाडो नेशनलसँग खेल्नेछ । दीपेन्द्रको टोलीले पनि मंगलबार नै भ्यानकुभर नाइट्ससँग खेल्नेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा