काठमाडौं । नासिर याहृया हुसेनले जापानको फुकुओकामा आयोजना भएको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ । नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार नासिरले चार सय मिटर फ्रिस्टायलमा चार मिनेट ८.२३ सेकेण्ड समयका साथ नयाँ कीर्तिमान कायम गर्नुभएको हो । यसअघि नासिरकै नाममा उक्त कीर्तिमान चार मिनेट १२.१७ सेकेण्ड समयको थियो ।
नासिरले उक्त कीर्तिमान असारमा आयोजना भएको ११ औँ एनएसए कप पौडी प्रतियोगितामा राख्नुभएको हो । नासिरले राष्ट्रिय कीर्तिमान कायम राख्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले आगामी खेलहरूमा थप उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । अब (आज) सोमबार नासिरले पुरुष २०० मिटर फ्रिस्टायल र गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नुहुनेछ ।
यस्तै, २५ तारिख डुवानाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नुहुनेछ । २६ तारिख गौरिकाले ५० मिटर ब्याकस्ट्रोक र एलेक्जेन्डरले १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नुहुनेछ । २७ तारिख डुवानाले १०० मिटर फ्रिस्टायलमा र २८ तारिख एलेक्जेन्डरले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नुहुनेछ ।
जापानको फुकुओका शहरमा जारी वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नासिरसहित गौरिका सिंह, एलेक्जेन्डर गादेगाद शाह र डुवाना लामाले प्रतिस्पर्धा गरिरहनुभएको छ । टोलीको टिम प्रशिक्षकमा ओलम्पियन नयना शाक्य, टिम व्यवस्थापकमा नरेश वैद्य र अफिसियलमा सञ्जय शाह रहनुभएको छ ।
अध्यक्ष अशोक बज्राचार्यले साउन ७ देखि १३ गते (जुलाई २३ देखि २९ तारिख २०२३) सम्म आयोजना हुने च्याम्पियनसिपका दौरान हुने वल्र्ड एक्वाटिक कंग्रेसमा सहभागिता जनाउनुहुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच