काठमाडौं । स्यानिटेसन सामग्री उत्पादक हिमगिरि हाइजिन प्रालिले उद्योगमा एक अर्ब लगानी थप्ने भएको छ । शनिबार विराटनगरमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई उद्योगको ब्राण्ड एम्बेसडर घोषणा गर्दै लगानी थप्ने घोषणा गरेको हो ।
उद्योगका अध्यक्ष महेश जाजुले स्याम्पु, ब्युटीसप, डिटरजेन्ट पाउडरलगायतका सामग्री उत्पादन गर्न कम्पनीले थप एक अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको जानकारी दिनुभयो । कम्पनीलाई अझै उत्पादनमा केन्द्रित गर्दै लैजान र स्वदेशमै रोजगारी बढाउन लगानी थप्ने तयारी भएको उहाँको भनाइ थियो । हिमगिरि हाइजिन प्रालिले १८ वर्षअघि हिमालयन सोप नामको रुग्ण उद्योग खरिद गरेर हिमगिरि सोप एण्ड केमिकल प्रालिका रूपमा सञ्चालन गर्दै आएको छ ।
उद्योगले साबुन, डिटरजेन्ट पाउडर, ट्वाइलेट सोपलगायतका ब्राण्ड उत्पादन गर्दै आएको छ भने उद्योगबाट उत्पादित धोनीलगायतका विभिन्न ब्राण्डका साबुन भारत र भुटानमा पनि निर्यात भइरहेको जनाएको छ । कोरोना महामारीको समयमा सेनिटाइजर, मास्क, फेस सिल्ड, पिपिई, हृयाण्ड वास, डिसइन्फेक्टेड र अक्सिजनलगायतको उत्पादन सुरु गरेको कम्पनीले कोरोनाकालमै ४२ लाख बराबरको मास्क निःशुल्क उपलब्ध गराएको दाबी गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक प्रकाश मुन्दडाले विदेशी उत्पादनभन्दा स्वदेशी उत्पादन नै किन्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा