काठमाडौं । सन् २०२३ को साफ यू-१६ च्याम्पिनसिप र साफ यू-१९ को ड्र सार्वजनिक भएको छ । शनिबार बंगलादेशको ढाकास्थित बिएफएफ हाउसमा प्रतियोगिताको ड्र सम्पन्न भएको हो । साफ यू-१६ मा नेपाल समूह ‘ए’ मा भारत र बंगलादेशसँगै रहेको छ । समूह ‘बी’ मा भुटान, माल्दिभ्स र पाकिस्तान छन् । प्रतियोगिता भुटानको राजधानी थिम्पुमा सेप्टेम्बर १ देखि १० सम्म आयोजना हुनेछ ।
साफ यू–१९ मा पनि नेपाल समूह ‘ए’ मा नै रहेको छ । यो समूहमा माल्दिभ्स र पाकिस्तान छन् । समूह ‘बी’ मा भारत, भुटान र बंगलादेश छन् । यो प्रतियोगिता काठमाडौंमा सेप्टेम्बर २१ देखि ३० सम्म आयोजना हुनेछ ।
सन् २०२२ मा आयोजना भएका यू-२० र यू-१७ प्रतियोगितामा भारत विजयी भएको थियो । यू-२० प्रतियोगितामा भारतले बंगलादेशलाई हराएको थियो भने यू-१७ प्रतियोगितामा नेपाललाई हराउँदै भारतले नै उपाधि चुमेको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता