‘व्यावसायिक हिसाबले उत्पादन बढे तापनि आर्थिक मन्दीको प्रभाव गीतसंगीतमा परेको छ’

दीपककुमार शर्मा बर्दिया, संवाददाता
दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 10 mins

नेपाली सांगीतिक क्षेत्रको एक परिचित नाम हो रकेश ओली । आधुनिक सुगम संगीतमा विगत दुई दशकदेखि अनवरत रूपमा उहाँले आफ्ना सिर्जना पस्किरहनुभएको छ । बर्दिया जिल्लाको मगरागाडी मनिकापुरमा जन्मिनुभएका ओलीको बर्दिया मधुवन नगरपालिका-६ श्रीकैडामा स्थायी बसोवास छ । विसं २०५९ सालमा संगीत सिक्नैका लागि काठमाडौं प्रवेश गरेको बताउनुहुन्छ उहाँ । कलानिधि इन्दिरा संगीत महाविद्यालयबाट शास्त्रीय संगीतमा सिनियर डिप्लोमासम्म संगीत शिक्षा लिनुभएका ओलीले जुनियर डिप्लोमा द्वितीय वर्षको २०६०/६१ कलानिधि इन्दिरा संगीत पुरस्कार स्वर्ण पदकसमेत प्राप्त गर्नुभएको छ । संगीतकार गणेश गरुङसँग जुनियर डिप्लोमासम्म संगीत शिक्षा लिनुभएका ओलीले त्यसपछि शास्त्रीय संगीत कक्षा शास्त्रीय संगीतका सिद्धहस्ती गुरु धनबहादुर गोपालीसँग प्रशिक्षण लिनुभयो ।
२०६२ सालमा रेडियो नेपालबाट सुगम संगीतमा स्वर परीक्षा उत्तीर्ण हुनुभएका ओली सोही वर्ष वातावरण संरक्षण गीत प्रतियोगितामा प्रथम स्थान हासिल गर्नु भएको थियो । ‘हिजोसम्म मलाई माया’, ‘आखिर टाढा जानेलाई’, ‘देउतालाई पनि नचढ्ने’, ‘माया गर्छु भने पनि’लगायत उहाँका गीत श्रोता/दर्शकको रोजाइमा छन् । यस्तै चर्चित गायक/गायिका राजेशपायल राई, सपनाश्री, कृष्णभक्त राई, नरेन्द्र प्यासी, स्वरूपराज आचार्य, प्रमोद खरेल, मनोज राज, जगदीश लम्साल, मेलिना राई, पूर्णिमा लामा, रचना रिमाल, अनु चौधरीलगायत दर्जनौ कलाकारले उहाँको संगीत एवं संगीत संयोजनमा आफ्नो स्वर दिनुभएको छ । पग्लदो हिमशृखंला संरक्षणसम्बन्धी संसारकै सबैभन्दा धेरै कलाकारले सबैभन्दा लामो गीत गाएर गिनिज वल्ड रेर्कडराखी प्रमाण पत्रसमेत उहाँले प्राप्त गर्नुभएको छ । व्यावसायिक हिसाबले उत्पादन बढे तापनि अहिलेको आर्थिक मन्दीको प्रभाव गीतसंगीतमा परेको बताउनुहुने गायक संगीतकार रकेश ओलीसँग हिमालय टाइम्सका बर्दिया संवाददाता दीपककुमार शर्माले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः-

गीतसंगीतमा कहिलेदेखि लाग्नुभयो ?
औपचारिक रूपमा विसं २०५९ सालदेखि पुलचोक ललितपुरस्थित कलानिधि इन्दिरा संगीत महाविद्यालयबाट क्लासिकल संगीत सिक्न सुरु गरेको हुँ ।

पहिलो गीतसंगीत कुन थियो ?
नेपालगञ्जस्थित मानवअधिकार संस्था हरप्लेसको उत्पादनमा रहेको ‘वेदनाका बस्तीहरू’ एल्बमको ‘यी गाउँ बस्ती लेक र बेसी’ बोलको गीत आफ्नै म्युजिक कम्पोजमा गाएको गीत नै पहिलो रेकर्ड गीत हो ।

कसको प्रेरणाबाट यो क्षेत्रमा लाग्नुभयो ?
प्रेरणा भन्नुपर्दा पनि प्रभावले गर्दा हो जस्तो लाग्छ मलाई । मैले होससम्हालेदेखि मलाई अहिले पनि याद छ मेरो बुबाले मिरमिरे बिहानका समयमा प्रायः उहाँले गुनगुनाउनु भएको गीत सुनेर बिउझिन्थे । मलाई आनन्द महसुस हुन्थ्यो । मेरो आमाको स्वर पनि मीठो छ । उहाँले गाएको पनि सुन्थे । सायद त्यही प्रभावले होला समयसँगै मेरो हातमा किताबभन्दा पनि रेडियो नै हुन्थ्यो प्रायःजसो । रेडियोमा सुनेका ती कालजयी गीतसंगीतले नै संगीतप्रति मोह बढ्दै गयो ।

पछिल्लो समय गीतसंगीतको गुणस्तर खस्किएको छ, यो तीतो यथार्थ हो । व्यावसायिक हिसाबले उत्पादन बढे तापनि अहिलेको आर्थिक मन्दीको प्रभाव गीतसंगीतमा पनि परेको छ । आशा गरौं देशको आर्थिक सुदृढीकरणसँगै गीतसंगीतको भविष्य पनि राम्रो हुँदै जानेछ ।

परिवार र आफन्तको सहयोग कस्तो पाउनु भएको छ ?
मैले गुनगुनाएको सुनेर, मेरो स्वर सुन्दा मीठो लागेर नै होला सायद् मेरो परिवारको सम्पूर्ण सबैले अनि विद्यालयका साथीभाइको हौसलासँगै म आफैंलाई पनि गाउन सक्छु भन्ने आत्मानुभूतिले नै संगीत क्षेत्रमा होमिएको हुँ । विशेषगरी मेरो बुबा-आमा टंक ओली र मीना ओली अनि मलाई सधैं साथ र हौसला दिने मेरो अंकल दुर्गा ओली जसले काठमाडौंमा आफूसँगै राखेर मेरो अध्ययनसँगै संगीत सिक्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।

ADVERTISEMENT

गीतसंगीतको मानव जीवनमा के महत्व छ ?
गीतसंगीत एउटा यस्तो अलौकिक शक्ति हो जसको प्रभाव हामी मानवमात्रै नभई बोट–बिरुवा अनि पशुपक्षीले पनि महसुस गर्न सक्छन् भन्ने वैज्ञानिक शोध परीक्षणबाट प्रमाणित भइसकेको कुरा हामी सबैलाई थाहै छ । तसर्थ गीतसंगीतको महत्व हाम्रो मानव जीवनमा कसैले नकार्न सक्दैन । अहिले सबै भागदौड अनि तनावपूर्ण जीवनशैलीमा बाँचिरहेका छौं । मानसिक तनावबाट मुक्तहुन मन मस्तिष्कलाई स्वस्थ्य राख्न संगीत अपरिहार्य नै रहेको छ जस्तो लाग्छ मलाई ।

आधुनिक गीत नै किन रोज्नुभयो ?
लोक-संगीत हाम्रो रगतमै छ भनिन्छ, मलाई असाध्यै मनपर्छ । मैले रेडियो नेपालको लोकगीत प्रतियोगितामा उत्कृष्ट सातौंस्थान प्राप्त गरेको हो । यति हुँदाहुँदै मेरो आधुनिक विधातिर झुकाब हुनुमा विशेष सोनो हुँदादेखि सुनेको स्वर सम्राट नारायण गोपाल, प्रेमध्वज प्रधान, गोपाल योञ्जन, प्रकाश श्रेष्ठ, तारा देवी, अरुणा लामा तथा पछिल्लो पुस्ताका रामकृष्ण ढकाल, यम बराल, रोजशपायल राईलगायत गायकगायिकाका गीतहरूको प्रभाव हो । स्वरमा वजन, माधुर्य अनि गायकीसँगै शब्दहरूको गहना नै हो मलाई आधुनिक गीतसंगीतप्रतिको मोह हुनुको कारण ।

भविष्य कस्तो देख्नुभएको छ यो क्षेत्रमा ?
पछिल्लो समय गीतसंगीतको गुणस्तर खस्किएको छ, यो तीतो यथार्थ हो । व्यावसायिक हिसाबले उत्पादन बढे तापनि अहिलेको आर्थिक मन्दीको प्रभाव गीतसंगीतमा पनि परेको छ । आशा गरौं देशको आर्थिक सुदृढीकरणसँगै गीतसंगीतको भविष्य पनि राम्रो हुँदै जानेछ ।

गीतसंगीतलाई राज्यले हेर्ने दृष्टिकोण कस्तो छ ?
भन्नलाई त कलाकार देशको गहना हुन् भनिन्छ तर, व्यावहारिकतामा कलाकार अनि कलाकारिताप्रति देशको नेतृत्व वर्ग उदासीन देखिएको महसुस हुन्छ । हाम्रो देशको कला अनि संस्कृतिलाई कलाकारहरूले नै अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । गीतसंगीत नृत्य अनि साहित्यको माध्यमबाट त्यस्तो भएको हुनाले देशले गीतसंगीतलाई पनि उद्योगको रूपमा रूपान्तर गरेर करको दायरामा राखी कलाकारहरूको भोलिको भविष्य सुनिश्चित गरी सम्मानसहित आरक्षणको व्यवस्था गरिनुपर्छ ।

अन्त्यमा ?
मेरा सम्पूर्ण श्रोता अनि शुभचिन्तकलाई ‘मेरो संसार’ केही दिनअघिमात्र अनलाइन अडियो प्लेटर्फममा रिलिज भएको छ । साइराम पिक्चर्सको बजार व्यवस्थापन रहेको छ । सबैल सुनेर साथ दिनुहोला । केही गीतहरू मेरो रकेश ओली सिंगर अफिसियल युटुयुब च्यानल, अरू च्यानमा पनि मेरो नाम सर्च गरेर भिडियो हेर्न सक्नु हुनेछ । साथै तपाईंलगायत हिमालय टाइम्स दैनिक परिवारलाई धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?