देविकाको स्वरमा ‘बुद्ध सादर बन्दना’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । देविका बन्दनाको स्वरमा रहेकोे गीत ‘बुद्ध सादर बन्दना’ कम समयमै स्रोता/दर्शकको मन जित्न सफल भएको छ । डा.दीनबन्धु शर्मा र गायिका बन्दनाको संयुक्त रचना रहेको गीतमा गायिका बन्दना, विजेश तथा मनिषको संगीत र राजन ईशानको संगीत संयोजन छ ।

सन्तोष राजबाहकको कोरियोग्राफर, गायिका बन्दनाको नै निर्देशन रहेकोे गीतको भिडियोमा लुम्बिनी क्षेत्रको परिचय खुल्नेगरी छायांकन गरिएको छ । रामकुमार केसीको छायांकन रहेको भिडियोमा प्रवीण भट्टको सम्पादन तथा कलर ग्रेडिङ छ ।

ADVERTISEMENT

बुद्ध र बुद्धभूमि नेपालको चिनारी संसारभर पु¥याउन सक्ने यो गीतको भिडियो सार्वजनिक कार्यक्रममा उल्लेख्य बौद्ध भिक्षुहरूको उपस्थिति थियो । कार्यक्रममा नेपाली समाजमा विभिन्न तवरबाट योगदान गर्ने आठजना महिलाहरू सिएनएन हिरो अनुराधा कोइराला, हास्य सम्रागी बसुन्धरा भुसाल, साहित्यकार उषा शेरचन, गायिका कुन्ती मोक्तान, अभिनेत्री करिश्मा मानन्धर, निर्देशक दीपाश्री निरौला, चलचित्र निर्माता रोशनी केसी तथा गायिका सुनिता दुलाललाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *