छत्रपाटी चिकित्सालय कार्यसमितिको शपथ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । छत्रपाटी निःशुल्क चिकित्सालयका नवनिर्वाचित अध्यक्ष तथा सञ्चालक समितिका पदाधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार काठमाडौंको ठमेलमा आयोजित कार्यक्रमबीच निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता विश्वराज भट्टराईले अध्यक्ष डा. मनोजमान श्रेष्ठसहितका पदाधिकारी र कार्यसमितिका सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । वैशाख १६ गते भएको निर्वाचनबाट निर्विरोध निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्य तथा सोमबार बसेको सञ्चालक समितिले मनोनीत गरेका थप दुर्ईजना सञ्चालक तथा पदेन सदस्यसहित कुल १४ जना पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो ।

छत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्वाचित कार्यसमिति अध्यक्षमा डा. मनोजमान श्रेष्ठ, उपाध्याक्ष कुमारदेव मानन्धर, महासचिव डा. कृष्टिना श्रेष्ठ, सचिव जगदीश माली, कोषाध्यक्ष लहना श्रेष्ठ, सहकोषाध्यक्ष कृष्णप्रसाद मानन्धर, सदस्यमा डा. निरन महर्जन, सुमनकृष्ण श्रेष्ठ, जुजुकाजी महर्जन, सुरज श्रेष्ठ र डिएलचन्द्र मानन्धरले पद तथा गोपनीयताको शपथ लिएका छन् । सजनी जोशी र कपिल श्रेष्ठलाई कार्यसमितिको सदस्यमा मनोनीत गरिएको छ भने नवीन मानन्धरलाई पदेन सदस्यका रूपमा मनोनीत गरिएको छ ।

ADVERTISEMENT

छत्रपाटी निःशुल्क चिकित्सालय २०१३ सालमा १० रुपैयाँ चुक्ता पुँजीबाट सुरु भएको नेपालको सबैभन्दा पुरानो सामुदायिक अस्पताल हो ।
यसैबीच चिकित्सालयको मेडिकल डाइरेक्टरमा डा. सन्तोष मानन्धर नियुक्त हुनुभएको छ । नवनियुक्त डा. मानन्धरले छत्रपाटी निःशुल्क चिकित्सालयको स्वास्थ्य सेवा अझै प्रभावकारी बनाउने, गरिब, असहायले सहजै उपचार सुविधा पाउने व्यवस्था गर्ने र अस्पताललाई अत्याधुनिक स्वास्थ्य सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?