काठमाडौं । अपांगता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपांग कोषले सम्मान गरेको छ । शहरी विकासमन्त्री सीता गुरुङले सम्मान प्रदान गर्नुभएको हो ।
गत वैशाखमा सिटी एक्सप्रेस मनी ट्रान्सफरले सामाजिक उत्तरदायित्वअन्तर्गत कोषलार्ई पाँच लाख रुपैयाँ सहयोग गरेको थियो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले कोषसँग सहकार्य गरी वैदेशिक रोजगारीका क्रममा अपांगता भएकालाई सेवा पुर्याउने उद्देश्यले कोषलार्ई उक्त रकम सहयोग गरेको थियो ।
कोषले वार्षिक १५ सय अपांगता भएका व्यक्तिका लागि आवश्यक सहयोग सामग्री तथा अन्य आवश्यक सहायक सामग्री वितरणका साथै गुणस्तरीय फिजियोथेरापी, अकुपेसनल र परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।






