‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द हुने !

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । ‘कमेडी क्लब विथ च्याम्पियन’ केही समयका लागि बन्द भएको छ । ६९ वटा शृंखला प्रशारण भएको यो टेलिभिजन शो केही समयका लागि मात्रै बन्द भएको ‘कमेडी क्लब विथ च्याम्पियन’का प्रोडुसर तथा होस्ट विशाल भण्डारीले बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘१६ महिनाको हाम्रो यात्रा निकै रमाइलो भयो । यो लामो यात्रामा हामीलाई केही यमय ब्रेक पनि चाहिएको थियो, त्यसैले हामीले केही महिनाका लागि शो ब्रेक गरेका छौं, हामी करिब चार महिनापछि पुनः नयाँ ऊर्जाका साथ दर्शकलाई हसाउँन आउने छौं ।’ पुरानै टिम आउने तर थप परिस्कृत र परिमार्जित भएर आउने उहाँको भनाइ छ ।

ADVERTISEMENT

उहाँले भन्नुभएको छ, ‘हामी चाडै छोटो विश्रामपछि रिचार्ज भई सुरुवाती ऊर्जामै फर्केर यहाँहरूलाई हासोको फोहरा छुटाउन अवश्य आउने छौं । तब सम्मलाई हाम्रो टिम ‘कमेडी च्यापियन सिजन-३’ लिएर चाडै आउँदैछौं । माया र साथ कायम रहोस् । हास्ने र हसाउने क्रम जारी रहनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *