कुवेतमा एक नेपाली श्रमिकको मेसिनले च्यापिएर मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । कुवेतमा एक नेपाली श्रमिकको ज्यान गएको छ। तेल निकाल्ने मेसिनमा च्यापिएर ओखलढुंगाका मान बहादुर भुजेलको मृत्यु भएको हो।

कुवेतको स्पिडको कम्पनीमा कार्यरत भुजेलको केओसी प्रोजेक्ट अन्तर्गत रद्का भन्ने ठाउँमा तेल उत्खनन् गर्ने मेसिनमा च्यापिएर मृत्यु भएको त्यहाँस्थित प्रहरीले जनाएको छ।

ADVERTISEMENT

विगत १६ वर्षदेखि कुवेतलाई कर्मथलो बनाउँदै आएका मृतक भुजेल परिवारका साथ कुवेतको मङ्गाफमा बस्दै आएका थिए। उनकी श्रीमती पनि कुवेतमै रहेकाले घटनाबारे त्यहाँस्थित नेपाली दूतावासलाई जानकारी गराइसकिएको छ।

पतिको शव नेपाल पठाउन आवश्यक सहयोग गरिदिन दूतावास र गैरआवासीय नेपाली संघ एनआरएन कुवेतलाई उनले अनुरोध गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *