सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ

अनिल पोखरेल सप्तरी, संवाददाता
अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 2 mins

राजविराज । सप्तरीको कञ्चनरूपमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । पीडित बालिकाको किटानी जाहेरीका आधारमा ४ जना पक्राउ परेपछि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ ।

गत शुक्रबार राति नाबालिकामाथि सामूहिक बलात्कार गर्ने कञ्चनरूप नगरपालिका-१२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदीलाई पक्राउ परेको इलाका प्रहरी कार्यालय कञ्चपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार राईले जानकारी दिनुभयाे ।

ADVERTISEMENT

‘शुक्रबार मध्यराति ती नाबालिकाको घरमै पसेर चारैजनाले कोही नबस्ने छेउको घरमा पुर्‍याएर कैलाशको निर्देशनमा पालैपालो बलात्कार गरेको जाहेरीका साथै बयानबाट पनि खुल्न आएको प्रहरीले जनाएको छ ।

घटनापछि ती नाबालिकाले परिवारलाई सुनाएपछि परिवारले किटानी जाहेरी दिएका आधारमा प्रहरीले चारैजनालाई नियन्त्रणमा लिएको जनाएको भने घटनाबारे थप अनुसन्धान भइरहेको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *