काठमाडौं । आदिवासी स्रष्टाहरूको प्रतिभा प्रस्तुतिसँगै सम्मानको लागि क्वालिटी फिल्मस्को आयोजनामा ‘राष्ट्रिय आदिवासी म्युजिक तथा फिल्म अवार्ड-२०८०’ हुने भएको छ । यही साउन महिनामा आयोजना हुने यो अवार्डको काठमाडौंमा एक समारोहबीच मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ ।
गीतकार तथा उपन्यासकार सुरेन्द्र महर्जन ‘अमर’, कोशी प्रदेशकी सांसद मिना श्रेष्ठ, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी परिषद् सदस्य एवं गायिका टीका पुन, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, अभिनेता धीरेन शाक्य, अभिनेता विनोद श्रेष्ठ, निर्देशक जनक गुरुङ, पत्रकार विजयरत्न तुलाधर, तुलसी गिरी भावुकलगायतले मनोयनमा परेकालाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
आदिवासी जनजातिको गीतसंगीत र चलचित्रलाई बाहिर ल्याउँदै उत्कृष्ट प्रतिभा र सिर्जना चयन गरेर पुरस्कृत गर्न यो अवार्ड आयोजना गर्न लागिएको आयोजक उमेश गुरुङले जानकारी गराउनुभयो ।






