लण्डन । मार्केटा वोन्ड्रोसोवाले महिलातर्फको विम्बल्डन टेनिसको उपाधि जित्नुभएको छ । वरीयताविहीन खेलाडी मार्केटाले ओन्स जाबेउरलाई हराउँदै वरीयताबिनाको विम्बल्डन जित्ने पहिलो महिला खेलाडी बन्नुभएको छ । चोटका कारण पछिल्लो सिजन ६ महिना कोर्टबाहिर रहनुभएकी २४ वर्षकी वोन्ड्रोसोवा विश्वको ४२औँ स्थानमा हुनुहुन्छ ।
चेक खेलाडीले सन् २०२२ की उपविजेता जावेउरलाई ६-४ र ६-४ ले हराउँदै महिला सिंगलमा उपाधि जित्नुभएको हो । छैटौँ वरीयताकी २८ वर्षकी जावेउरले तीनवटा मुख्य प्रतियोगिताको फाइनल गुमाउनुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts