एनआरएनए कतारको अध्यक्षमा रमेश भट्टद्वारा उम्मेदवारी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

कतार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए कतारको सन २०२३–२०२५ कार्यकालको लागि अध्यक्षमा रमेश भट्टले उम्मेदवारी घोषणा गनुृभएको छ ।

विगत दुई दशकदेखि कतारलाई कर्मथलो बनाई विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गर्दै अनवरत रुपमा सामाजिक कार्यमा सक्रिय रहनुभएका एनआरएनए मध्यपुर्वका डिआरसी भट्टले कतारमा रहेका धेरै नेपाली संघ सँस्थाहरूको समर्थनमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

उहाँलाई जनप्रगतीशिल मंच कतार, जनसंपर्क समिति कतार, प्रवासी नेपाली मंच कतार, जनजाती महासंघ कतारलगायत संस्थाले संयुक्त उम्मेदवारको रुपमा सार्वजनिक गरेका हुन । कतारमा रहेका ठूला सबै संघ सँस्थाको समर्थन पाएपछि एनआरएनए कतारको अध्यक्षमा भट्टको पल्ला भारी देखिएको छ ।

ADVERTISEMENT

एनआरएनको खस्कदो गरिमालाई बचाई राख्दै संस्थालाई पारदर्शी, समावेशी, श्रमीक मैत्री एवं विश्वसनीय एनसीसी बनाउने अभियानमा कतारमा रहेका सबै नेपालीहरूको साथ सहयोगको लागि भट्टले अनुरोध गर्नुभएको छ ।

कतारको सामाजिक धेरै संघसंस्थामा आवद्ध भएर नेतृत्व गर्दै प्राप्त गरेको ज्ञान र अनुभव लाई नेपाली समुदायको हितमा प्रयोग गर्ने ऊद्देश्यसहित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको अध्यक्षमा भट्टले शनिबार उम्मेदवारी घोषणा गर्नुभएको हो ।

उम्मेदवारी घोषणा गर्दै भट्टले सबै कतारवासी नेपालीहरूलाई साथ, सहयोग र सहकार्यका लागी अनुरोध समेत गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?