संस्कृतिविना देश मर्छ : दाहाल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । प्राध्यापक पुरुषोत्तम दाहालले शनिबार एक कार्यक्रममा बोल्दै संस्कृतिविना देश मर्छ भन्नुभएको छ । उहाँले शान्तिनगर शान्तिको सन्देश संस्थाले आयोजना गरेको रचना वाचन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट उक्त विचार व्यक्त गर्नुभएको हो ।

आदिकवि भानुभक्त आचार्यको जन्मसन्दर्भ पारेर शान्तिको सन्देशको ५६औं शृंखलाअन्तर्गतको रचना वाचन कार्यक्रममा उहाँले भानुभक्त आचार्यले मैथिली र अवधि संस्कृतिको संयोजन गरेको धारणा राख्नुभएको थियो । संस्थाकी अध्यक्ष शोभा उप्रेती खरेलको सभापतित्वमा आयोजित कार्यक्रममा विभिन्न साहित्यकारले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो ।

ADVERTISEMENT

रचना वाचन गर्ने साहित्यकारहरूमा अच्युतप्रसाद पौडेल ‘चिन्तन’, रामचन्द्र दाहाल, थरेन्द्र बराल, विनोद दाहाल वत्स, बिसु केसी, त्रिलोचन आचार्य, ओमप्रसाद कोइराला, रत्ननिधि रेग्मी ‘शुक्राचार्य, शिवराम घिमिरे, महेश बाँस्कोटा, दिवाकर न्यौपाने निबन्ध आचार्यलगायतको उपस्थिति रहेको थियो । प्रमुख अतिथिबाट पानसमा दीप प्रज्ज्वलन गरी सुरु भएको सो कार्यक्रममा प्रमुख अतिथि दाहालले पनि आफ्नो रचना वाचन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा काठमाडौं कपनस्थित जोसेफ स्कुलका विद्यार्थीहरू सेजल गौतम, निष्ठा शाक्य, आरोही सिलवाल, शिवानी सापकोटा, सदिष्टा खतिवडा, सुकृया श्रेष्ठ, सोइसा लुइँटेल, स्रिष्टि कटवाल, अप्सरा चौधरी, सपना थापा ‘क’ भावना बराल, सम्झना तामाङ, सफलता राई, कृतिका कार्की, सङ्कर्षन काफ्ले, पुकार कोइराला, प्रशंसा खरेल, सपना थापा ‘ख’, कृष्टिना बुढामगर, आकृति शाह, लासाङ घिसिङ, आस्मारिका राई र निशा थापाले पनि आ–आफ्ना रचना वाचन गर्नुभएको थियो । सो कार्यक्रम भरत कार्कीले सञ्चालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *