करण राईको ‘तिम्रै माया लाग्छ’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन चार विजेता गायक करण राईको स्वरमा रहेको गीत ‘तिम्रै माया लाग्छ’ सार्वजनिक भएको छ । डम्बर नेपालीको शब्द/संगीत, महाराज थापाको एरेञ्ज र देबेश राईको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

शान थापाले निर्देशन गरेको भिडियोमा गायक स्वयं करण र मोडल पूर्णिका सिजापतीको अभिनय छ । टिस्टुङको मनोरम दृश्यमा छायांकन गरिएको भिडियोमा रोशन विश्वकर्माको कोरियोगाफ छ । अर्जुन तिवारीको सिनेमाटोग्राफी रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन तथा कलर छ । अनुस्का पौडेलको कस्ट्युम रहेको भिडियोमा सरिता मगरको मेकअप छ ।

ADVERTISEMENT

समाजसेवी तथा युवा उद्यमी कर्ण गुरुङको प्रस्तुति रहेको गीतको भिडियो करण राई युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *