जनमत पार्टीको केन्द्रीय समिति विस्तार

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाईल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । डा सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो ।

बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र दुई सय १६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय समितिमा अधिकांश नयाँ सदस्य रहनुभएको छ ।

ADVERTISEMENT

यसअघि केन्द्रीय समितिमा रहेका केहीलाई भने सचिवालयमा ल्याइएको छ । पार्टीको विधानअनुसार तीन सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउनुपर्नेमा तत्काल दुई सय १६ सदस्यीय केन्द्रीय समिति बनाइएको सो पार्टीले जनाएको छ । यसैगरी डा शरद्सिंह यादवलाई प्रवक्ताको जिम्मेवारी दिइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?