काठमाडौं । २१० औं आदिकवि भानुभक्तको जन्मजयन्तीकाे अवसरमा बालाजु बाईसधारामा कविता वाचन सम्पन्न भएको छ । वाइसधारा भानु कला समुहको सहयोगमा काठमाडौं महानगरपालिका उत्थान तथा हरियाली प्रवर्द्धन आयोजना अन्तर्गत वालाजु वाइसधारा उद्यान कार्यालयले आयोजना गरेको २१० औं भानुजयन्ती तथा कविता वाचन कार्यक्रममा स्थानिय कवि कलाकार साहित्यकार तथा सर्वसाधारणको उल्लेखनिय उपस्थिति रहेको थियो ।
कार्यालय प्रमुख दामोदर लामाको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि पुर्व राज्यमन्त्री रामवीर मानन्धर रहनुभएकाे थियाे भने विशेष अतिथिहरुमा काठमाडौं क्षेत्र ७ का सभासद गणेश पराजुली का.म.न.पा.का १६ का वडाअध्यक्ष मुकुन्द रिजाल, वरिष्ठ साहित्यकार श्री श्रीहरि फुयाल विशिष्ठ कलाकार उत्तम केसी रहनु भएको थियो । कार्यक्रममा उपस्थित सबैले भानुभक्तको सालिकमा अविर, फुलमाला अर्पण गरि कार्यक्रम शुभारम्भ गरिएको थियो ।
यसैगरि कार्यक्रममा कवि साहित्यकारहरुले कविता वाचन गरेका थिए ।
कविता वाचन गर्नेहरुमा श्री श्रीहरि फुयाल, वैरागी जेठा र रसुवाली कवि ठाकुर तिमिल्सेना, भोजराज न्यौपाने, दिल कुमारी डंगोल, यज्ञराज घिमिरे, वासुदेव गुरागाँई, प्रकाश घायल, दामोदर लामा, माधव विडारी, चेतनाथ घनश्याम, पुडासैनी, ओम नमो शिवाय रामशरण कोइराला, दिप्त अधिकारी, सुवास गौतमले कविता वाचन गर्नुभएको थियो । साहित्यकार श्रीहरि फुयालले बाइसधारा भित्र कवि भानुभक्त स्थापनाको बिषय र भानुको साहित्यकलाको चर्चा गर्दै भानु प्रति श्रद्धा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित राजुध्वज थापा, श्रीराम पुडासैनी, धुर्वराज खड्का, सुरेन्द्र थापा, विकास दास, सुरेन्द्र महर्जनलगाएत १५० जनाको उपस्थित रहेको थियो ।
स्वागत भाषण गर्दै दामोदर लामाले सदा झै यसबर्ष साहित्यकार कलाकारहरुको बिचमा यसै विशेषरुपमा कार्यक्रम गर्न पाउँदा खुशि लागेको र अझ व्यवस्थीत तरिकाले मनाउन आगामी बर्षको लागि पनि १६ नं. वडा अध्यक्ष मार्फत् आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दै उपस्थित सबैलाई स्वागत तथा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो । यसै गरि १६ नं. वडाका अक्ष्यक्ष मुकुन्द रिजालले भानुजयन्तीको विशेष चर्चा गर्दै आगामी बर्षको लागि बजेटको व्यवस्था गरिदिने आस्वासन दिनुभएको छ ।
७ नं. क्षेत्र काठमाडौका माननिय सभासद गणेश पराजुली पनि भानुको विषय विशेष उल्लेखनिय रहेकाे कुरा गर्दै भानुप्रति श्रद्धा व्यक्त गर्नुभयो । त्यस्तै गरि प्रमुख अतिथि रामविर मानन्धरले सदाझै यस बर्ष पनि बाईसधारा उद्यानमा भानुजयन्ती मनाउन पाउँदा खुशी लागेको र अझै राम्रो व्यवस्थित रुपमा कार्यक्रम गर्न सुझाव दिनुका साथै बालाजु पार्कको संरक्षणमा ध्यान दिन नगरपालिकालाई अनुराेध गर्नुभयो । बाइसधारा भानुकला समुहका तर्फबाट कलाकार उत्तम केसीले सबैलाई धन्यवाद दिनुभएकाे थियाे ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts