सिक्किम । विशिष्ट हास्य कालाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सिक्किमको गान्तोकमा अभिनन्दन गरिएको छ । उहाँहरूलाई नेपाली साहित्य परिषद् सिक्किमले एक विशेष समारोहबीच भानुजयन्तीको अवसर पारेर अभिनन्दित गरेको हो ।
हास्य विधाका ‘महासम्राट’ र ‘अद्वीतीय व्यक्तित्व’ भन्दै उहाँहरूलाई विशेष सम्मानपत्र, फूलमाला, दोसल्ला ओढाएर सिक्किम सरकारका, सभामुख, मन्त्री सोनाम लामा, मुख्यमन्त्री पिएस तामाङका राजनीतिक सल्लाहाकार ज्याकव खालिङ नेपाली साहित्य परिषद् सिक्किमका अध्यक्ष हरि ढुंगेललगायतले अभिनन्दन गर्नुभएको थियो ।
तीन चरणमा गरिएको भानुजयन्ती समारोहमा पहिलो चरणमा मुख्यमन्त्री पिएस तामाङले महजोडिलाई खादा ओढाएर सम्मान अर्पण गर्नुभएको थियो । तेस्रो चरणको कार्यक्रममा उहाँहरूले गीत गाएर उपस्थिति दर्शकलाई भरपूर्ण मनोञ्जन प्रदान गर्नुभएको थियो । यो समारोहमा नेपालबाट आउनुभएकी गायिका मिलन नेवारले पनि मदनकृष्णलाई गीत गाउन सहयोग गर्नुभएको थियो । मिलनले गीत प्रस्तुत गर्दा दर्शकको वाहवाही बटुल्न सफल हुनुभएको थियो ।
यस्तै यमन श्रेष्ठ र मोहितवंश आचार्यको प्रस्तुतिलाई पनि दर्शकले खुबै रूचाएका थिए । सिक्किमले हरेक वर्ष एक विशेष र भव्य रूपमा भानुजयन्ती मनाउँदै आएको छ । यहाँ यो दिवस राज्य दिवसका रूपमा मनाउने गरिन्छ । यो अवसरमा भारतका अन्य राज्यबाट विशिष्ट साहित्यकार र सर्जकको उपस्थिति रहेको थियो ।
भानुजयन्तीका अवसरमा हरेक वर्ष प्रदान गरिँदै आएको सिक्किमको प्रतिष्ठित पुरस्कार यो वर्ष सिक्किमका वरिष्ठ साहित्यकार थीरूप्रसाद नेपाललाई प्रदान गरिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts