‘कोतपर्व’को मुख्य भूमिकामा देखिँदै रमेश

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । चलचित्र ‘कोतपर्व’बाट कमव्याक गर्ने तयारीमा अभिनेता रमेश उप्रेती जुटनुभएको छ । यसका लागि उहाँ ‘कोतपर्व’को मुख्य भूमिका अनुबन्धित हुनुभएको छ । रमेशले ‘ऐश्वर्य’पछि कुनै पनि चलचित्रमा काम गर्नुभएको थिएन ।

‘कोतपर्व’मा दुई पुस्ताका चर्चित कलाकार एकसाथ पर्दामा देखिने बताइएको छ । महेश दवाडीको लेखन रहेको चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गर्न लाग्नुभएको हो ।

ADVERTISEMENT

कोतपर्वमा ११ चौतारिया, ६ पाण्डे, तीन थापा र ११ क्षेत्रीय भारदारको हत्या भएको थियो । नेपाललाई १०४ वर्षे जहानिया निरंकुश राणा शासनमा धकेलेको ‘कोतपर्व’ नेपालको इतिहासकै दोस्रो ठूलो हत्याकाण्डका रुपमा चित्रित छ ।

ऐतिकासिक विषयवस्तुमा चलचित्र निर्माण गर्ने रिमेशले यसअघि चलचित्र ‘नालापानी’ निर्माण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?