एउटा फिल्म, जसले अक्षय कुमारलाई ननभेजबाट शाकाहारी बनाइदियो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

मुम्बइ । ठूला पर्दामा सुन्दर देखिनका लागि बलिउड स्टारहरूले आफ्नो खानपान र दिनचर्यामा धेरै परिवर्तन गर्छन् । यति मात्र होइन, फिल्मको स्क्रिप्ट अनुसार समेत आफूलाई परिवर्तन गर्नुपर्ने हुन्छ। आज हामी तपाईलाई एउटा यस्तो स्टारको रेमा बताउनेछौं, जसमा अभिनेताले केही दिनमा मात्रै होइन, उनको सम्पूर्ण जीवन परिवर्तन गरेका छन् । यी अभिनेता अरु कोहि होइन बलिउडका खिलाडी अर्थात अक्षय कुमार हुन् ।

अक्षय कुमार फेरि चर्चामा छन् । उनको बहुप्रतिक्षित फिल्म ‘ओह माई गॉड २’ अर्थात् ‘ओएमजी २’ को टिजर सार्वजनिक भएको छ । आज हामी उहाँका फिल्महरूको बारेमा कुरा गर्दैनौं। तर आज हामी तपाईलाई फिल्मसँग सम्बन्धित अभिनेताको बारेमा केही बताउन गइरहेका छौँ, जसको बारेमा तपाईले पहिले सुन्न नपाउनु भएको हुन सक्छ ।

तपाईलाई थाहा छ अक्षय कुमार पहिलो मांसाहारी थिए । त्यसो भए उनी अचानक शाकाहारी कसरी भए ? के उनले फिल्मका लागि यस्तो गरे ?

वास्तवमा अक्षय कुमारकी आमा अरुणाले छोराको हरेक फिल्मको पूरा जानकारी राख्थिन् । उनले समय(समयमा अक्षयलाई धेरै महत्त्वपूर्ण सुझाव पनि दिइन् । फिल्म ‘ओ माई गॉड’ मा अक्षय भगवान कृष्णको भूमिका निभाउन लागेको थाहा पाएपछि उनले अक्षयलाई सुझाब दिइन् कि शाकाहारी बन् ।

ADVERTISEMENT

रिपोर्टका अनुसार आमाले फिल्म पूरा नभएसम्म नन(वेज नखान भनिन् किनभने तिमी भगवानको भूमिकामा देखिदै छौ । यस्तो अवस्थामा उनीहरु जस्तै जीवन जिउन पनि जरुरी छ । अक्षयलाई आमाको यो सुझाव निकै मन पर्यो । असल छोरो भएकाले उनले फिल्मको समयमा मांसाहारी खाना त्यागे र शाकाहारी बने ।

फिल्म सकियो र त्यसपछि केही यस्तो भयो, जसले अक्षयलाई सधैंका लागि शाकाहारी बनायो। वास्तवमा फिल्म सकिएपछि पनि अक्षय आफैंले नन(वेज खानु हुँदैन भन्ने लागेको थियो र उनले सधैका लागि ननभेज छाडिदिए । यही कारणले गर्दा अक्षय सो फिल्म पछि अहिलेसम्म शाकाहारी नै छन् र अहिले पनि उनी ननवेजलाई पनि छुन्नन ।

अक्षय कुमार, पंकज त्रिपाठी र यामी गौतम स्टारर ओह माई गड अर्थात् ओएमजी २ को बजेट १५० करोड भारु छ । यो फिल्म अगस्ट ११ मा बक्स अफिसमा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *