करिनासँग भएको ‘लिप किस’का बारेमा बर्षौं पछि शाहिदले मुख खोले

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

मुम्बई । एक समय इन्डस्ट्रीमा शाहिद कपुर र करिना कपुरको अफेयरको चर्चा निकै हुने गर्दथ्यो ।

भनिन्छ, जब फिल्म ‘जब वी मेट’ आयो, तबसम्म दुबैको ब्रेकअप भइसकेको थियो । तर, आज हामी तपाईलाई शाहिद कपुर र करिनासँग जोडिएको एउटा यस्तो घटनाको बारेमा बताउन गइरहेका छौँ, जसले धेरै हेडलाइन बनाइयो । यो सम्पूर्ण मामिला सन् २००४ मा भाइरल भएको एउटा भिडियोसँग सम्बन्धित छ ।

लीक भएको यो भिडियोमा शाहिद कपुर र करिना कपुर लिप लक गरेको देखिएका छन् । भनिन्छ, सुरुमा शाहिदले आफू तस्विरमा नभएको बताएका थिए तर वर्षौंपछि दिएको एक अन्तर्वार्तामा अभिनेताले यो घटनाबारे खुलेर कुरा गरेका थिए ।

ADVERTISEMENT

मिड डेलाई दिएको अन्तर्वार्तामा शाहिदले भनेका थिए, ‘त्यतिबेला म पूर्ण रूपमा टुटेको थिएँ, म २४ वर्षको थिएँ र मसँग गोपनीयता नभएको र त्यसलाई जोगाउन केही गर्न सकिनँ जस्तो लाग्यो । सबै धेरै अनौठो भएको थियो, मैले के सोचेको थिए, के भइदियो ।’

शाहिद थप भन्छन्, ‘त्यस उमेरमा यी सबैको सामना गर्नु निकै कष्टप्रद थियो, खासगरी जब तपाई आफैंले आफ्नो भावना बुझाउन सकस हुन्छ, त्योभन्दा माथि तपाईले सोचिरहनुभएको छ कि तपाईले डेट गरिरहनुभएको केटीसँग कसरी बस्ने ? यसले थप पिडा दिन्थ्यो किनभने पहिला म मान्छे हुँ र त्यसपछि मात्र अभिनेता हुँ ।’

मिडिया रिपोर्टका अनुसार शाहिदको एक पटक प्रियंका चोपडासँग पनि कथित अफेयर थियो। तर, शाहिदले २०१५ मा मीरा राजपूतसँग विवाह गरेका थिए । वर्कफ्रन्टको कुरा गर्दा शाहिद कपूर हालै फिल्म ‘ब्लडी डैडी’ मा देखिएका थिए । यसअघि शाहिद कपूर वेबसिरिज ‘फर्जी’ मा देखिएका थिए, जसमा अभिनेताको कामको निकै प्रशंसा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?