काठमाडौं । महिला सर्जकहरूलाई सम्मान गरिएको छ । साहित्यिक पत्रकार संघले काठमाडौंमा आयोजित एक विशेष समारोहमा ‘लोकप्रिया पुरस्कार’बाट अमेरिका र भारतका सिक्किम, गुवाहाटी, दार्जिलिङ, सिलगढीका वरिष्ठ महिला सर्जकहरूलाई सम्मान गरेको हो ।
यस पुरस्कारबाट साहित्यकारहरू लक्ष्मीदेवी राजभण्डारी (२०६२), डा.गार्गी शर्मा (२०६३), प्राडा. उषा ठाकुर (२०६४), सुशीला भण्डारी (२०६५), रञ्जुश्री पराजुली (२०६६), प्राज्ञ उन्नति बोहरा ‘शिला’ (२०६७), गीता उपाध्याय (२०६८, गुवाहाटी,) रुकु कार्की (२०६९), बेटी बज्राचार्य (२०७०), जलेश्वरी श्रेष्ठ (२०७१), पूनम काफ्ले (२०७२, अमेरिका), गंगा कसजू (२०७३), डा.ज्ञानु पाण्डे (२०७४), सुशीला देउजा (२०७५), गीता क्षेत्री (२०७६, दार्जिलिङ), वीणा हांखिम (२०७७, दार्जिलिङ), डा.पुष्पा शर्मा (२०७८, सिक्किम) र लतिका जोशी (२०७९, सिलगढी) सम्मानित हुनुभएको हो । उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सर्जक गणेश रसिकले सो सम्मान अर्पण गर्नुभएको थियो ।
कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधानले पुरस्कृत साहित्यकारहरू लक्ष्मीदेवी राजभण्डारी, डा.गार्गी शर्मा, डा.उषा ठाकुर, सुशीला भण्डारी, रञ्जुश्री पराजुली, प्राज्ञ उन्नति बोहरा ‘शिला’, रुकु कार्की, बेटी बज्राचार्य, जलेश्वरी श्रेष्ठ, गंगा कसजू, डा.ज्ञानु पाण्डे र सुशीला देउजाको साहित्यिक योगदानबारे चर्चा गर्नुभएको थियो ।
यसैगरी समालोचक ज्ञानु अधिकारीले पुरस्कृत साहित्यकारहरू गीता उपाध्याय, पुनम काफ्ले, डा.गीता क्षेत्री, डा.वीणा हांखिम, डा.पुष्पा शर्मा र लतिका जोशीको साहित्यिक योगदानबारे चर्चा गर्नुभएको थियो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि गणेश रसिक, अध्यक्ष लेकाली, लोकप्रिया पुरस्कारका संस्थापक शशी रिमाल, सम्मानित स्रष्टाहरू डा.ज्ञानु पाण्डे, डा.पुष्पा शर्मा, डा.वीणा हांखिम, डा.गीता क्षेत्री, लतिका जोशीलगायतले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
सो पुरस्कार विसं २०४४ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाकी दिदी साहित्यकार लोकप्रियादेवीको नाममा उहाँकी छोरी साहित्यकार शशी रिमालले स्थापना गर्नुभएको हो । नगद तीन हजार एक सय राशि रहेको ‘लोकप्रिया पुरस्कार’बाट यसअघि साहित्यकारहरू गोमा शर्मा, छिन्नलता (रमोलादेवी शाह), लख्खीदेवी सुन्दास (दार्जिलिङ), मोतीलक्ष्मी उपासिका, डा.वानीरा गिरी, रमा शर्मा, गीता केशरी, देवकुमारी थापा, शान्ता श्रेष्ठ, चन्द्रकला नेवार, हिरण्यकुमारी पाठक, भुवन ढुंगाना, अनिता तुलाधर, उषा शेरचन, सीता पाण्डे, राधिका राया, रेवती राजभण्डारी र पीताम्बर शर्मा पीयूष सम्मानित भइसक्नु भएको छ ।
कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक, वरिष्ठ संगीतकार बुलु मुकारुङ, वरिष्ठ इञ्जिनियर एवं वास्तुकलाविद् शंकरनाथ रिमाललगायतको विशेष उपस्थिति थियो । कार्यक्रमको सञ्चालन साहित्यकार मञ्जिला अनिलले गर्नुभएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा