सुदूरपश्चिमको डेउडाबाट उदाउनुभएका अवस्थी

लेखनाथ पोखरेल
लेखनाथ पोखरेल
Read Time = 5 mins

काठमाडौं । भौगोलिक, सामाजिक र सांस्कृतिक विविधताले भरिपूर्ण नेपाल विश्वमै सुन्दर मुलुकका रूपमा स्थापित छ । सुन्दरमात्रै छैन, प्राकृतिक सम्पदा र कला सस्कृतिमा समेत उत्तिकै धनी छ । नेपालको सुदूरपश्चिम प्रदेश अझै कला संस्कृतिकमा अब्बल मानिन्छ । तथापि कला संस्कृति र प्राकृतिक सम्पदामा धनी हुँदाहुँदै तुलनात्मकरूपमा विकासमा भने अहिलेसम्म पछाडि नै छ । नीतिगत रूपमा मुलुक प्रादेशिक संरचना गइसकेको भए पनि केन्द्रीकृत मानसिकता गइनसकेकाले समानुपातिक विकासको अवधारणा नीतिमै सीमित हुनपुगेको छ ।

जनस्तरबाट हुनसक्ने स्थानीय कला संस्कृति प्रबद्र्धन, कला संस्कृतिको प्रबद्र्धनमार्फत पर्यटन प्रबद्र्धनका काममा युवा सक्रियता बढेर गएको छ । खासगरी देशको कला संस्कृति र पर्यटन प्रबद्र्धनमा गायक तथा कलाकारको भूमिका महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । सुन्दर सुदूरपश्चिमको बैतडी जिल्लामा जन्मिनुभएका गायक कलाकार रामप्रसाद अवस्थी पनि सोही अभियानमा हुनुहुन्छ । जो स्थानीय लोक संस्कृतिमार्फत सानै उमेरमा राष्ट्रिय कलाकारका रूपमा आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ । गायन, संगीत र गीत रचना तीनवटै विधामा पोख्त अवस्थी २०४२ भदौमा बैतडीको विकट गाउँ काडासैनीमा मध्यम परिवारमा जन्मिनुभएको हो । सानै उमेरदेखि लोक तथा डेउडा गीतसंगीतमा रुचि राख्ने अवस्थी ‘बाहुन छोरा भएर पनि गीत गाउँछन् ∕’ भन्ने तत्कालीन सामाजिक परिवेश छिचोल्दै अघि बढ्नुभएको थियो ।

पछिल्लो समय नेपालका सबै भूगोलका भाषाभाषीका लोक संस्कृतिको प्रवद्र्धनमा सक्रियरूपमा लागिरहनुभएका अवस्थी मेला महोत्सवका क्रममा पूर्वदेखि पश्चिमसम्मका लोक संस्कृतिसम्बन्धी अध्ययन गर्ने मौका मिलेको बताउनुहुन्छ । त्यसो त उहाँ देशमा राजनीति परिवर्तनका लागि तत्कालीन जआन्दोलन पनि होमिनुभएको थियो । २०६१/२०६३ को ऐतिहासिक जनआन्दोलनमा जनवादी गीतले आन्दोलनमा ऊर्जा थप्ने काम गर्नुभएको थियो ।

ADVERTISEMENT

सानै उमेरदेखि गीतसंगीतको नसाले छोएपछि उहाँ विद्यालयस्तरमा हुने थुप्रै प्रतियोगितामा भाग थाल्नुभयोे । त्यस्ता प्रतियोगितामा सबै प्रतिस्पर्धी सबैलाई उछिन्दै पुरस्कृत हुन थालेपछि भने उहाँले अध्ययन र गीतसंगीतलाई सँगसँगै अगाडि बढाउनुभएको थियो । यसरी गीतसंगीतको नसा चुलिँदै गएपछि २०५७ सालमा पहिलो एल्बम ‘रानी चणि’ बजारमा ल्याएको अवस्थी बताउनुहुन्छ । त्यसपछि २०५९ सालमा ‘मेरि इजा’, २०६१ सालमा ‘रातो सलाम’ ल्याउनुभयो । त्यसैगरी २०६८ मा ‘सुदूरपश्चिम कलेजीमा’ २०७० मा ‘सुनै फल्ने देश’ २०७२ मा ‘सुदूरकी मूल्याई’ २०७२ मा ‘छमछम पाउजु’ २०७३ मा ‘ढल्क्यो लाली जोबन’ २०७४ मा सीमासम्बन्धी राष्ट्रिय गीत ‘अत्ति भयो’ २०७५ मा‘कालो बादल’ ‘जोई नभई नहुन्या’लगायत हालसम्म दर्जनौं गीत, संगीत र स्वर श्रोत र दर्शकमाझ ल्याइसक्नु भएको छ ।

अवस्थीका अनुसार २०७७ मा पास हुन्छु कि पिरतीमा नामक एल्बम सुदूरपश्चिममा निकै चर्चित भएको थियो । त्यसो त उहाँलाई सुदूरपश्चिमको डेउडाले चिनाएको भए पनि उहाँ डेउडामात्रै सीमित हुनुहुन्न, नेपालका सबै भूगोल र बस्तीका लोकभाका अभ्यस्त हुनुहुन्छ ।

हाल सांस्कृतिक समाज नेपालका अध्यक्षसमेत रहनुभएका अवस्थी आगामी भदौमा काठमाडौंमा आयोजना हुने डेउडा साँझको तयारीमा हुनुहुन्छ । देशैभरका मौलिक संस्कृति जगेर्नार्थ सातवटै प्रदेशमा मौलिक संगीत साँझ आयोजना गरिने र त्यसको सुरुवात सुदूरपश्चिम डेउडा साँझबाट गर्ने उहाँले सुनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *