काठमाडौं । जिनियस म्युजिक अवार्डको चौथो संस्करणका मनोनयन सार्वजानिक गरिएको छ । ‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, संगीत क्षेत्रको विकास, विस्तार र प्रबद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रा.लि.ले आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड-२०७५’ सम्पन्न गरेको थियो ।
सोही अनुरूप यस संस्थाले आफ्नो हरेक वार्षिकोत्सवको अवसरमा गीतसंगीतका लोकप्रिय स्रष्टालाई ‘जिनियस म्युजिक अवार्ड’द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको छ र अहिले चौथो संस्करण गर्न लागेको हो ।
जिनियस म्युजिक प्रा.लि.ले स्थापनाको १५औं वार्षिकोत्सवको सु-अवसरमा आयोजना गर्नेे चौथो जिनियस म्युजिक अवार्ड–२०७९ को मनोनयन सार्वजनिक भएको हो । अवार्डमा राष्ट्रिय भाव, पप गीत, लोक तथा दोहोरी, गजल, आधुनिक विधाका स्रष्टा र सिर्जना समावेश गरिएको छ ।
अवार्ड कार्यक्रम काठमाडौंमा एक भव्य समारोहबीच साउन महिनामा हुने अवार्डका अध्यक्ष रमेश पाठकले जानकारी गराउनुभयो । उक्त कार्यक्रममा एकजना विशिष्ट कला साधकलाई दीर्घसाधना सम्मान साथै रजत सम्मान, पत्रकारिता पुरस्कारलगायत सम्मान तथा पुरस्कारहरू समेत प्रदान गरिने उहाँले बताउनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts