काठमाडौं । राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले अनवरत रूपमा आ-आफ्नो क्षेत्रमा विशिष्ठ योगदान पुर्याउनुभएका स्रष्टालाई निवासमै पुगेर ‘विशिष्ठ साधक सम्मान २०८०’ प्रदान गरेको छ । विगत तीन दशकभन्दा बढी समयदेखि गीतसंगीतको क्षेत्रमा योगदान पुर्याउनुभएका लोकगायक तथा नेपालको मौलिक बाजावादक खड्गप्रसाद गर्वुजा, विशिष्ठ चित्रकार शशिविक्रम शाह र नेपालको पहिलो रंगीन चलचित्र ‘कुमारी’की नायिका विशिष्ठ चलचित्रकर्मी चैत्यदेवी सिंहलाई उहाँहरूकै बासस्थानमा पुगेर नगद र सम्मान पत्रसहित सम्मान गरेको हो ।
सो अवसरमा संस्थाका सल्लाहकार वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ संगीतकार सुरेश अधिकारी, समाजसेवी, साहित्यकार नमस्तेलाल श्रेष्ठ, चित्रकार ज्योतिप्रकाश साथै सुभम सैजुले यसरी स्रष्टा साधकहरूलाई उहाँहरूकै बासस्थानमा पुगेर सम्मान गर्नुभनेको कला क्षेत्रकै सम्मान भएको बताउनुभयो ।
संस्थाले आफ्नो वार्षिकी कार्यक्रमअन्तर्गत यो कार्यक्रम गरेको जनाएको छ । कार्यक्रमका संयोजक संस्थाका अध्यक्ष राजेन्द्र बजगाईं, उपाध्यक्ष उषा उप्रेती, महासचिव दीपक शर्मा, कोषाध्यक्ष नारायणबहादुर थापा सदस्यहरू भद्र वली, पुष्कर सुनुवार, मनोज परिवार, बेनिशा पौडेल, प्रतिक्षा काफ्ले, उत्तम अधिकारी, रीता केसी, सिलन लम्साल, सविन सुवेदी, माइकल चन्द, फोटोग्राफर देवराज आचार्य, गीता पाण्डे र संस्थाका आजीवनसदस्य गोपाल ढकाल (छन्दे)लगायतको उपस्थिति थियो ।
कार्यक्रमलाई संस्थाका महासचिव दीपक शर्माले सहजीकरण गर्नुभएको थियो । यस्ता कार्यक्रमलाई निरन्तर गर्दै जाने संस्थाका अध्यक्ष राजेन्द्र बजगाईंले जानकारी गराउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता