भैरवसिंह रावल स्मृतिग्रन्थको लोकार्पण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भैरवसिंह रावल स्मृतिग्रन्थको लोकार्पण गर्नुभएको छ । भैरवसिंह स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उहाँले कांग्रेसका कर्मठशील पुराना नेता भैरवसिंहको राजनीतिक जीवन र उहाँले राजनीतिक परिवर्तन तथा विकासका क्षेत्रमा पुर्‍याएको योगदानसम्बन्धी विषयवस्तु समेटिएको कृतिको लोकार्पण गर्नुभएको हो ।

मुलुकमा लोकतन्त्रका लागि भएको राजनीतिक आन्दोलन र परिवर्तनमा उहाँले निर्वाह गरेको भूमिका उच्च रहेको बताउँदै सभापति देउवाले देश र जनहितका लागि रावलले देखाएको बाटोमा अघि बढ्न सम्पूर्ण पार्टी कार्यकतालाई आहृवान गर्नुभयो ।

कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले राजनीति स्थिरता, स्पष्ट दृष्टिकोण, शान्ति र आवश्यक संशाधन भएमा देशले छोटो समयमै विकास तथा समृद्धिमा सफलता हासिल गर्न सक्ने बताउनुभयो । उहाँले अहिले राजनीतिमा जसले जति अवसर पायो त्यति नै असन्तुष्ट रहेको टिप्पणी गर्नुभएको थियो ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका विचारमा स्व.रावलले लोकतन्त्रका लागि गरेको संघर्षबाट जिल्ला र क्षेत्रमात्र नभई समग्र मुलुकले लाभ प्राप्त गरेको छ ।

ADVERTISEMENT

वरिष्ठ पत्रकार एवं हिमालय टाइम्सका प्रधान सम्पादक पुरुषोत्तम दाहालले ग्रन्थको समीक्षा गर्दै ताप्लेजुङदेखि डोटीसम्मका व्यक्तिले स्व.रावलबारे लेखिएका पाठ्यसामग्री समेटिएको कृति पठनीय र ऐतिहासिक जानकारीहरू रहेको बताउनुभयो । उहाँले राजनीतिक परिवर्तनलाई समाजसँग जोडने हो भने विद्यालय, बाटाघाटा, स्वास्थ्य चौकी, पुस्तकालयहरू वडासम्म पुर्‍याउनुपर्ने, तिनीहरूको नाम शहीद र स्वतन्त्रता सेनानीहरूसँग जोडनुपर्ने विचार प्रकट गर्नुभयो ।

प्रदेशसभा सदस्य मानबहादुर रावल, ग्रन्थ सम्पादक धनञ्जय तिमिल्सिनाले मुलुकको लोकतान्त्रिक आन्दोलनमा सक्रियताका साथ योगदान पुर्‍याउनुभएका स्व.रावलले अछामलाई बेग्लै जिल्ला स्थापना गर्दै त्यस क्षेत्रको विकास निर्माणमा खेलेको भूमिकाको चर्चा गर्नुभएको थयो । कृतिको संयोजन नेत्रप्रसाद शर्माले गर्नुभएको छ ।

लामो समयसम्म अछाम जिल्लामा नेपाली कांग्रेसको नेतृत्वदायी भूमिकामा रही काम गर्नुभएका रावलको जन्म विसं १९८२ पुस २५ गते स्थानीय सात सय दरामा तथा निधन विसं २०६९ पुस ११ गते भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?