काठमाडौं । शुष्मा विशंखेको स्वर रहेको गीत ‘शान्ति’ सार्वजनिक भएको छ । श्रीकृष्ण भारतीको शब्द र संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । चन्द्रागिरि नगरपालिका-१ दहचोकमा एक कार्यक्रमबीच कलाकार दीपकराज गिरी एवं वरिष्ठ लोक सर्जक कृष्ण बस्नेतले संयुक्तरूपमा भिडियो सार्वजनिक गर्नुभएको हो ।
अंकित रोक्काले निर्देशन गरेको गीतको भिडियोमा सविना गोपाली र अंकित रोक्काको अभिनय छ । भिडियोमा अनुज सुनारको छायांकन एवं सम्पादन छ । श्रीकृष्णकै निर्माणमा बनेकोे भिडियो रहर म्युजिक क्रियशनको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।






